Advertisement

प्रतिबद्धता गरेका मन्त्री साउँदले खटाय २ दिन मै बिशेषज्ञ डाक्टर

Advertisement

बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा शल्यक्रिया प्रभावित भएसँगै २ दिन भित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले प्रतिबद्धता अनुरूप चिकित्सक खटाएका छन् ।

अस्पतालमा दक्ष चिकित्सकको अभावका कारण केहि दिनदेखि शल्यक्रिया सेवा प्रभावित बनेको गुनासो आएको थियो । जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक खटाइएको हो ।

चिकित्सकको अभावका कारण केही दिन देखि गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा र सामान्य शल्यक्रिया सेवा प्रभावित हुँदै आएका थिए ।

उक्त समस्या समाधानका लागि सामाजिक विकास मन्त्री झपट साउदको निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत डा. अतुल भारद्वाजलाई काजमा बयालपाटा अस्पताल पठाइएको मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउँदले जानकारी दिए ।

अस्पतालमा कार्यरत Advance SBA Dr. Dil sahi roka ,डा. दिल शाही रोका उच्च शिक्षा अध्ययनका लागि अष्टेलिया जाने हुँदा राजीनामा दिनु भएको र MDGP Dr. Dharmendra Sah प्रसूति स्याहार बिदा तथा घरमा जरुरी काम देखाउँदै लामो समय देखि बेतलबी बिदामा बस्नु भएको हुँदा जटिल प्रकृतिको प्रसूति सेवा केही दिनका लागि प्रभावित भएकोमा काजमा विशेषज्ञ डाक्टर खटाइएसँगै सेवा प्रवाहमा सहज हुने अस्पतालका प्रादेशिक साझेदार एवम् स्वास्थ्य सेवा व्यवस्थापक हिम विश्वकर्माले बताएका छन् ।

यसै बिच आर्थिक सङ्कट झेलिरहेको बयालपाटा अस्पतालका लागि वार्षिक रुपमा कम्तीमा १० करोड उपलब्ध गराउन आवश्यक प्रकृया अन्तिम चरणमा रहेको बताउँदै सामाजिक बिकासमन्त्री साउँदले उक्त प्रकृया छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज