Advertisement

Day: २०८० माघ ८, सोमबार २३:१९

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

समाचार
कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा  क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले ले यस्तो चेतावनी दिएका हुन् । कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए । उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरिएको छ ।  उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले पत्रकार...
नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बझाङको मष्टा गाउँपालिका छनौट

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि बझाङको मष्टा गाउँपालिका छनौट

बझाङ, मुख्य समाचार
बझाङ : बझाङको मष्टा गाउँपालिका नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएको छ । बझाङको मष्टा सहित सुदूरपश्चिमका १२ पालिका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनौट भएका हुन् । देश भरबाट छानिएका १०४ पालिकाध्ये प्रदेशका १२ वटा पालिका छनौटमा परेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि मष्टा गाउँपालिका पनि छनौटमा परेको गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहोराले जानकारी दिनुभयो । यस वापत पालिकाले विशेष अनुदान पाउने बताइएको छ । गाउँपालिकाले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सम्वन्धी कार्यविधि २०८० अनुसार स्थानीयको आर्थिक विकास गर्न ७५ लाख बजेट पाउने बताइएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्...
जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बझाङ, मुख्य समाचार
बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङमा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको आयोजनामा नागरिक सनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रमुख प्रहरी नायव उपरीक्षक एवं डिएसपी भरत बहादुर शाहको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुईकेल प्रमुख आतिथी रहनुभएको थियो । विशिष्ट अतिथीमा जयपृथ्वी नगरपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिकाका केहि जनप्रतिनिधीहरु रहनुभएको थियो । कार्यक्रममा जिल्लाको शान्ती सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, समुदाय साझेदारी कार्यक्रम, प्रहरी प्रतिको गुनासो तथा सल्लाह सुझाव लगायतका विषयमा छलफल एंवम् अन्तरक्रिया गरिएको डिएसपी भरत बहादुर शाहले जानकारी दिनुभयो । नागरिक सनुवाई कार्यक्रममा प्रहरी, जिल्लाका व्यवसायी, संघ संस्थाका प्रमुख तथा ...

अयोध्यामा प्राण-प्रतिष्ठा : धनगढीमा शोभायात्रा र दीप प्रज्वलन 

समाचार
धनगढी - सोमबार धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको छ । आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको दिनका अवसरमा धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको हो । विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा आज सोमबार अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिएको हो भने साझ ५ बजे पार्कमोडमा दीप प्रज्वलन गरिएको छ । भारतको अयोध्यामा भएको उक्त नयाँ मूर्तिको प्राण प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालयबाट आज दिउँसो १२ बजेर ३० मिनेटमा ठुलो पर्दामा देखाइएको छ ।  भगवान् राम भारतमा मात्रै नभई विश्वभरिका हिन्दू सनातनीहरूका आस्थाको केन्द्रविन्दु रहेको समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन्...
प्रतिबद्धता गरेका मन्त्री साउँदले खटाय  २ दिन मै बिशेषज्ञ डाक्टर

प्रतिबद्धता गरेका मन्त्री साउँदले खटाय २ दिन मै बिशेषज्ञ डाक्टर

समाचार
बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा शल्यक्रिया प्रभावित भएसँगै २ दिन भित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले प्रतिबद्धता अनुरूप चिकित्सक खटाएका छन् । अस्पतालमा दक्ष चिकित्सकको अभावका कारण केहि दिनदेखि शल्यक्रिया सेवा प्रभावित बनेको गुनासो आएको थियो । जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक खटाइएको हो । चिकित्सकको अभावका कारण केही दिन देखि गर्भवती महिलाको शल्यक्रिया मार्फत प्रसूति सेवा र सामान्य शल्यक्रिया सेवा प्रभावित हुँदै आएका थिए । उक्त समस्या समाधानका लागि सामाजिक विकास मन्त्री झपट साउदको निर्देशनमा जिल्ला अस्पताल अछाममा कार्यरत डा. अतुल भारद्वाजलाई काजमा बयालपाटा अस्पताल पठाइएको मन्त्रीका स्वकीय सचिव राजेन्द्र साउँदले जानकारी दिए । ...

चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने

समाचार
धनगढी - चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ । आज सोमबार बसेको संघको पहिलो पूर्ण बैठकमा उक्त अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पारित भएको हो । सोमबार धनगढीको एसटीएस सिनेमामा चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण बैठक सम्पन्न भएको हो । संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले अन्तरक्रिया कार्यक्रम गर्ने, खाता खोल्ने र धन्यवाद सम्बन्धमा गरि ३ वटा प्रस्तावमाथि छलफल गरेको छ ।  बैठकमा अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्तावमाथि छलफल गर्दा सुदूरपश्चिम प्रदेश भित्रको कला, साहित्य, संगीत र सुदूरपश्चिम भित्र रहेका छायांकन क्षेत्रको पहिचान गरि पर्यटकको केन्द्रविन्दु बनाउने उद्देश्यले फागुन पहिलो हप्ता भित्र बृहत कलाकारसँग संवाद कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष पुष्पराज जोशीले बताएका छन् । चलचित्र प...

राष्ट्रिय सभा निर्वाचन : आज रातिदेखि मौन अवधि सुरु 

समाचार
काठमाडौं - राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन । यस्तै,  कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने,  सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ । राष्ट्रिय सभा सदस्यक...

कैलालीको भजनीमा एयरगन फेला

समाचार
धनगढी - कैलालीमा एयरगन फेला परेको छ । आइतवार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको हो । आइतवार राति ९ः३० बजेको समयमा भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र एयरगन फेला परेको प्रहरीले जनाएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।  उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

कैलालीबाट चार लाख बढीका सामान बरामद

समाचार
धनगढी - कैलालीबाट चार लाख बढीका सामान बरामद गरिएको छ।  जिल्लाको विभिन्न स्थानबाट एकै दिन ४ लाख ४१ हजार २ सय ३० मूल्य बराबरको सामान आईतवार प्रहरीले बरामद गरेको हो। धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमण्डीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ हजार बराबरको प्याज, धनगढी-३ त्रिनगर ब्यारेल नजिकबाट अन्दाजी ८५ हजार २ सय ३० मूल्य बराबरको चिनी, पास्ता, माछा, नरिवल, जिरा, मिठाई, बिष्कुट, ललिपप, मटर दाना लगायतका सामान बरामद गरिएको छ। यस्तै धनगढी–७ राम भगवत चोकबाट अन्दाजी २५ हजार मूल्य बराबरको प्याज र भजनी नगरपालिका–२ पल्टिपुरबाट अन्दाजी ३ लाख २६ हजार मूल्य बराबरको साडी, धोती, थान कपडा, मोटरसाईकल १ थान लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। ...

आज दिउँसो धनगढीको चौराहबाट शोभायात्रा गरिने 

समाचार
धनगढी - धनगढीको चौराहबाट आज दिउँसो शोभायात्रा गरिने भएको छ । आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको नयाँ मूर्तिको प्राण-प्रतिष्ठा गरिने दिनका अवसरमा धनगढीमा शोभायात्रा गरिने भएको हो । धनगढीमा आज दिउँसो माघ ८ गते विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा उक्त शोभायात्रा गरिने भएको हो । आज सोमबार, माघ ८ गते अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिने छ भने आज साझ सम्पूर्ण मन्दिरहरुमा दीप प्रज्वलन गरिने र सबैले आफ्नो घरमा पनि दियो बत्ती बालेर, भजन कृतन गरेर यस पुण्यको काममा सहभागी भइदिन समितिका अध्यक्ष महेन्द्रराज पन्तले आग्रह गरेका छन् । भारतको अयोध्यामा भइरहेकोे उक्त नयाँ मूर्तिको प्राण-प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रम्हकुमारी इश्वरि...
बझाङका ७ पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

बझाङका ७ पालिकामा छैनन् प्रमुख प्रशासकीय अधिकृत

बझाङ, मुख्य समाचार
बझाङ : बझाङका १२ स्थानिय तहमध्ये अझैपनि ७ मा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ । स्थानीय तहको दोस्रो पटक निर्वाचन भएर जनप्रतिनिधि आउँदा समेत स्थानीय तहमा कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा सात वटा स्थानीय तहको प्रशासकीय सेवा प्रभावित भएको हो । जिल्लाका १२ स्थानीय तह मध्ये ६ पालिका निमित्तको भरमा चलेका छन् । साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिका, तलकोट गाउँपालिका, दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका निमित्तको भरमा सञ्चालन भइरहेका छन् । खप्तडछान्ना गाउँपालिका भने प्रमुख प्रशासकीय अधिकृत विहिन छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत हरि प्रशाद सुवेदीको मष्टा गाउँपालिकामा सरुवा भएपछि एक हप्तादेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको हो । गाउँपालिकामा केहि दिन...

बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

समाचार
बाजुरा - बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  खप्तड छेडेदह गाउँपालिका-५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो। गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाईते भएकी थिइन्।  उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन्। ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज