Advertisement

चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने

Advertisement

धनगढी – चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

आज सोमबार बसेको संघको पहिलो पूर्ण बैठकमा उक्त अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पारित भएको हो ।

सोमबार धनगढीको एसटीएस सिनेमामा चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण बैठक सम्पन्न भएको हो ।

संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले अन्तरक्रिया कार्यक्रम गर्ने, खाता खोल्ने र धन्यवाद सम्बन्धमा गरि ३ वटा प्रस्तावमाथि छलफल गरेको छ । 

बैठकमा अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्तावमाथि छलफल गर्दा सुदूरपश्चिम प्रदेश भित्रको कला, साहित्य, संगीत र सुदूरपश्चिम भित्र रहेका छायांकन क्षेत्रको पहिचान गरि पर्यटकको केन्द्रविन्दु बनाउने उद्देश्यले फागुन पहिलो हप्ता भित्र बृहत कलाकारसँग संवाद कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष पुष्पराज जोशीले बताएका छन् ।

चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको स्थापनापछि आज बसेको पहिलो पूर्ण बैठकमा प्रदेश भित्रको कला, साहित्य र संगीत क्षेत्रको सम्भावनाहरुको उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुन लागेको अध्यक्ष जोशीले बताए ।

त्यस्तै चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिको बैंक खाता खोल्ने निर्णय गरेको समितिले सुदूरपश्चिम प्रदेशमा चलचित्र पत्रकार संघ स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्ने संघका पूर्व पदाधिकारी, केन्द्रिय अध्यक्ष पत्रकारसँग सम्बन्धि विभिन्न संघ संस्थालाई विशेष धन्यवाद दिने निर्णय पारित भएको संघका सचिव कृत बिष्टले जानकारी दिए ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

थलारा गाउँपालिकामा खोज तथा उद्धार सामग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम

बझाङ- बझाङको थलारा गाउँपालिकामा खोज तथा उद्वार सामाग्रीको नमुना प्रदर्शनी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा तय...
रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरमस्थित ‘श्री जगदम्बा नेपाली धर्मशाला’ संकटमा, संरक्षण पहलको अपेक्षा

रामेश्वरम (तमिलनाडु)। दक्षिण भारतको प्रसिद्ध धार्मिक स्थल रामेश्वरम मन्दिर नजिकै रहेको ‘श्री जगदम्बा नेपाली धर्मशाला’ अहिले जीर्...
केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

केदारस्यूँमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक अन्तरक्रिया, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गा...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। ...
कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाण्डौ– कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आज एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वा...
बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका...
घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

घोडाघोडीमा सञ्चारकर्मी समूह गठन, अध्यक्षमा खेम ढुङ्गाना

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी सञ्चारकर्मी समूह गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले खेम ढुङ्गानाको अध्यक्षतामा सा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, बझाङको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न “हाम्रो अभियान, कला संस्कृतिको पहिचान” भन्न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज