Advertisement

चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने

Advertisement

धनगढी – चलचित्र पत्रकार संघ सुदूरपश्चिमले कलाकारसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

आज सोमबार बसेको संघको पहिलो पूर्ण बैठकमा उक्त अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पारित भएको हो ।

सोमबार धनगढीको एसटीएस सिनेमामा चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण बैठक सम्पन्न भएको हो ।

संघका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले अन्तरक्रिया कार्यक्रम गर्ने, खाता खोल्ने र धन्यवाद सम्बन्धमा गरि ३ वटा प्रस्तावमाथि छलफल गरेको छ । 

बैठकमा अन्तरक्रिया कार्यक्रम गर्ने प्रस्तावमाथि छलफल गर्दा सुदूरपश्चिम प्रदेश भित्रको कला, साहित्य, संगीत र सुदूरपश्चिम भित्र रहेका छायांकन क्षेत्रको पहिचान गरि पर्यटकको केन्द्रविन्दु बनाउने उद्देश्यले फागुन पहिलो हप्ता भित्र बृहत कलाकारसँग संवाद कार्यक्रमको आयोजना गरिने संघका अध्यक्ष पुष्पराज जोशीले बताएका छन् ।

चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेशको स्थापनापछि आज बसेको पहिलो पूर्ण बैठकमा प्रदेश भित्रको कला, साहित्य र संगीत क्षेत्रको सम्भावनाहरुको उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुन लागेको अध्यक्ष जोशीले बताए ।

त्यस्तै चलचित्र पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिको बैंक खाता खोल्ने निर्णय गरेको समितिले सुदूरपश्चिम प्रदेशमा चलचित्र पत्रकार संघ स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्ने संघका पूर्व पदाधिकारी, केन्द्रिय अध्यक्ष पत्रकारसँग सम्बन्धि विभिन्न संघ संस्थालाई विशेष धन्यवाद दिने निर्णय पारित भएको संघका सचिव कृत बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज