सुदूरपश्चिम चलचित्र पत्रकार संघको अध्यक्षमा जोशी चयन
धनगढी - सुदूरपश्चिम चलचित्र पत्रकार संघ कैलालीको अधक्षमा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन् ।
शुक्रवार चलचित्र पत्रकार संघ नेपालको प्रस्तावित शाखाका रुपमा विशेष भेला तथा कार्यसमिति पुनर्गठन गरिएको हो ।
पुनर्गठीत समितिको उपाध्यक्षमा विवेक नागरी, सचिवमा कृत बिष्ट, सहसचिवमा सुनिता बिक, कोषाध्यक्षमा शंकर बोहरा र सदस्यहरुमा सागर कुश्मी (चौधरी), दिनेश बिष्ट, रमेश ऐडी, योगेन्द्र नायक, महेश बडु र गिरिजा प्रसाद पनेरु रहेका छन् । ...


