Advertisement

Day: २०८० पुष २०, शुक्रबार १९:५५

धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने

समाचार
धनगढी - धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ ।  बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने भएको हो ।  आज शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए ।  उनले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह गरेको छ । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय,तृतिय हुने टिमलाई पुरस्कार,प्रमाण पत्र, प्रशंसा पत्र, भुवा प्रदर्शनी हुने बाजुरेली सेवा समाजले जनाएको छ । ...

आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यू

समाचार
सर्लाही - सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न पाउने छैनन् । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमो...

ए सरकार पानी दे : संघर्ष समितिद्वारा प्रदर्शन 

समाचार
काठमाडौं - मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नै नियमित जसो प्रदर्शन गर्दै आएका छन् । काठमाडौं उपत्यकाका फरक फरक ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका हुन् । उपभोक्ताहरु रित्ता गाग्रीसहित विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए । मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिले बताएको छ । मनसुन सुरु हुनुअघि मेलम्चीको सुरङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्य...

सशस्त्र प्रहरी बलमा २८८ जनाका लागि भर्ना खुल्यो 

समाचार
धनगढी - सशस्त्र प्रहरी बलले दुई सय ८८ पदका लागि भर्ना माग गरेको छ ।   निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।

स्मार्ट सिटी बन्दै डडेल्धुराको अमरगढी

समाचार
डडेल्धुरा - नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो ।  २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो । नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिइन् । स्मार्ट सिटीका लागि आवश्यक भवन, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात, शिक्षालगायत सुविधा हुन आवश्यक छ । स्मार्ट सिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप ...

गृह जिल्लामा राष्ट्रपति पौडेल

समाचार
तनहुँ - राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् ।  भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रबार तनहुँ पुगेका हुन् । राष्ट्रपति बनेपछि पौडेलको यो दोस्रो पटकको गृह जिल्ला भ्रमण हो । यस अघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ गएका थिए ।...

धनगढीको एनडब्लुएका विद्यार्थीले पाए फ्रान्समामा कमाइ सहितको इन्टर्नसिप

समाचार
धनगढी - धनगढीमा रहेको एनडब्लुए कलेजमा बीएचएम अध्ययनरत् दुइ जना विद्यार्थीहरुले फ्रान्सको पेरिसमा रहेको स्टार होटलमा पेड इन्टर्नसिपको अवसर पाएका छन् ।  कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरु अर्जुन सन्ज्याल र उमेश शर्माले पेरिस स्थित होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् ।  उक्त होटेलमा विद्यार्थीहरुले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछन् । यसबाहेक विद्यार्थीहरुले विभिन्न देशमा रहेका स्टार होटलमा र नेपालकै विभिन्न होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् । कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने कलेजको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गर्दै आएको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनु भयो ।  कलेजले भर्खरै मात्र जापानमा भएको एक कार्यक्रमा सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अ...

कञ्चनपुरको कबर्ड हल भवन : ६ वर्ष बित्दा पनि पाएन पूर्णता 

समाचार
कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन । विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ । 'कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ', स्थानीय चन्दनसिंह थापा मगरले भने, 'यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन। काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ ।' विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको थियो । 'त्यो बजेटमा हामीले जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम गर्‍याैँ”, उनले भने, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन ।' कबर्ड हल निर्माणका लागि आ...

धनगढीमा लागूऔषधसहित एक किशोर पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ५ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय किशोर बिहीवार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले किशोरलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ती किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै 

समाचार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत,  ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज