Advertisement
Wednesday, July 9

कञ्चनपुरको कबर्ड हल भवन : ६ वर्ष बित्दा पनि पाएन पूर्णता 

Advertisement

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन । विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ ।

‘कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ’, स्थानीय चन्दनसिंह थापा मगरले भने, ‘यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन। काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ ।’ विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको थियो ।

‘त्यो बजेटमा हामीले जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम गर्‍याैँ”, उनले भने, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन ।’ कबर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा रु ५० लाख बजेट विनियोजिन भएको थियो । रु ३७ लाख १७ हजार नौ सय ५९ मा कञ्चन राष्ट्रिय निर्माण सेवाले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । 

यसपछि बजेट नआउँदा कबर्ड हल निर्माण अलपत्र रहेको छ । दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूर्ण खेल संरचनाका रुपमा हेरिएको कबर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन् । ‘अब थोरै बजेट भए मात्रै पनि कबर्ड बन्थ्यो । यहाँका खेलाडी खेलकुद गतिविधिमा गर्न पाउथे’, स्थानीय दिलबहादुर सिंहले भने, ‘कबर्ड हल नहुँदा खेलाडीलाई समस्या छ । इन्डोर खेल हुन सकेका छैनन् ।’

सरकारले सुरुआतमा लगानी गरेर अहिले बेवास्ता गर्दा लगानी नै खेर जाने अवस्था आएको स्थानीय पदमबहादुर सिंह बताउछन् । ‘कबर्डले पूर्णता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको छ’, उनले भने, ‘यो निर्माण भए नवप्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्नेछ । त्यसैले यसमा ढिलाइ गरिनुहुन्न ।’ 

कबर्ड हललाई पूर्णता दिन स्थानीय तहको बजेट अपुग रहेको दोधारा चाँदनीका नगर प्रमुख किशोरकुमार लिम्बूले बताउनुभयो । ‘हामीसँग पर्याप्त बजेट छैन । स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ’, उनले भने, ‘त्यसैले अहिले कबर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौँ ।’

कबर्ड हललाई पूर्णता दिन बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिरहेको उनको भनाइ छ । ‘कबर्ड हलका लागि एसियाली विकास बैंकसँग बजेट माग गरेका छौँ । प्रदेश र सङ्घ सरकारसँग पनि पहल गरिरहेका छौँ’, उनले भने, ‘बजेट विनियोजन गर्ने आश्वासन पाएका छौँ । चाँडै कबर्ड हलको कामले पूर्णता पाउने विश्वास छ । रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज