Advertisement

Day: २०८० पुष १८, बुधबार १५:००

बझाङ-काठमाडौं रुटमा स्तरीय बस सेवा शुरु 

समाचार
काठमाडौं - सार्बजनिक यातायातमा नेपालकै अग्रणी संस्थाको रुपमा स्थापित सुन्दर सुदुरपश्चिम यातायात प्रालिले आजदेखी बझाङ-काठमाडौं रुटमा स्तरीय सेवा सहितको एसी बस संचालनमा ल्याएको छ ।  बस सेवाको आज बझाङ जिल्लाका जिल्ला समन्वय समितीका उपप्रमुख कृष्ण बिष्ट र जय पृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले उद्घाटन गरेका छन् ।  तराईका रुटहरुबाट स्तरीय सेवा दिदै आएको प्रालिले आजबाट पहाडी क्षेत्रका यात्रुहरुलाई समेत स्तरीय सेवा दिन पाउदा खुशी लागेको प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।  २०४० सालदेखि सार्वजनिक यातायातको सेवा दिदै आएको प्रालिले हाल धनगढीबाट देशका सबैजसो स्थानहरुमा स्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउदै अध्यक्ष सापकोटाले छिट्टै बाजुराबाट समेत एसी बस सेवाको शुभारम्भ गरिने प्रतिबद्धता जनाए ।...

प्रधानमन्त्री कपकाे उपाधि एपीएफलाई, काेशी ११ रनले पराजित

समाचार
काठमाण्डाैं – सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ ।  आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे । एपीएफले दिएकाे १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्याे ।  काेशीका लागि  कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन बनाइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता राना मगर र करुणा भण्डारीले समान १ विकेट लिइन् । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायाे ।  एपीएफका लागि इन्दु बर्माले ५३ रन बनाइन् । बलिङतर्फ काेशीकी अप्सरी बेगमले ह्याट्रिक लिइन् । यस्तै एलिशा खडियाले २ विकेट लिइन् ।...

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी

समाचार
आरएसएफ - पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् ।  गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।  रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ ।  गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो ।  विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखि...

मोटरसाइकल दुर्घटना हुँदा डडेल्धुरा घर भएका एक प्रहरीको मृत्यु

समाचार
हेटौंडा - मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीलाई ठक्कर दिएको हो । प्रहरी जवान ऐडी पिटी गर्नेक्रममा दौडिरहेका थिए ।  दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीको हेटौंडा अस्पताल मृत्यु भएको डिएसपी भण्डारीले बताए । मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो ।  ठक्करबाट प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्री सामान्य घाइते भएका छन् । मोटरसाइकल चालक हेटौंडा–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक...

भीडभाडमा जाँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

समाचार
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।  छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को  सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भिडभाडमा मास्कको प्रयोग, भौतिक दुरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गरेका छन् । डा बुढाथोकीका अनुसार हालसम्म नेपालमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एनड्ड १ को सङ्क्रमण पुष्टि भैसकेको छैन ।  नेपालमा पनि सङ्क्रमण भित्रन नदिन विभिन्न नाकामा नयाँ सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू तथा सम्पूर्ण सरोकारवालाहर...

नाउपाको पहिलो महाधिवेशन कैलालीमा हुने 

समाचार
धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् महाधिवेशनको उदघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने नाउपाको तयारी छ । बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले यही पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको जानकारी दिए ।...

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ 

समाचार
धनगढी - कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका-१ भवानी टोलबाट १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट मंगलवार दिउँसो पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । ...

बझाङमा स्वास्थ्य चाैकीका इन्चार्ज मृत फेला

समाचार
बझाङ - बझाङको भैरवनाथ स्वास्थ्य चाैकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् ।  सोमबार देखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल मृत अवस्थामा सेतीकाे किनारमा फेला परेका हुन् । मंगलबार साँझ सेती नदिमा माछा मार्ने व्यक्तिले उनकाे शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जनाएको छ ।...

विस्थापित हुँदै उखु पेल्ने कोल

समाचार
कञ्चनपुर - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि ऊनी महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउथिन् । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उनले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो ।  भारतीय बाटो हुँदै शारदा ब्यारेज नभए महाकाली नदीबाटै जोखिम मोलेर उखु बिक्रीका लागि लैजानुपर्ने सास्ती थियो । दोधारा चाँदनीका स्थानीय किसानको बाध्यता यस्तै थियो ।  वि.सं.२०४८ सालमा उनले दोधारा चाँदनीमा उखु पेल्ने परम्परागत कोल सञ्चालन गरेकी थिइन् । “उखु बिक्रीका लागि मिलसम्म लैजान सास्ती हुन्थ्यो । मिलले पनि समयमै पैसा दिन्थेन”, उनले भनिन्, “आफ्नै उखुको पैसा उठाउन पटक-पटक धाउनुपर्थ्यो । यसपछि आफैले उखु पेल्ने कोल सञ्चालनमा ल्याए ।” अहिले पनि उनले उखु पेल्ने परम्परा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज