हेटौंडा – मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीलाई ठक्कर दिएको हो । प्रहरी जवान ऐडी पिटी गर्नेक्रममा दौडिरहेका थिए ।
दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीको हेटौंडा अस्पताल मृत्यु भएको डिएसपी भण्डारीले बताए । मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो ।
ठक्करबाट प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्री सामान्य घाइते भएका छन् । मोटरसाइकल चालक हेटौंडा–४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३