Advertisement

विस्थापित हुँदै उखु पेल्ने कोल

Advertisement

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि ऊनी महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउथिन् । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उनले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो । 

भारतीय बाटो हुँदै शारदा ब्यारेज नभए महाकाली नदीबाटै जोखिम मोलेर उखु बिक्रीका लागि लैजानुपर्ने सास्ती थियो । दोधारा चाँदनीका स्थानीय किसानको बाध्यता यस्तै थियो । 

वि.सं.२०४८ सालमा उनले दोधारा चाँदनीमा उखु पेल्ने परम्परागत कोल सञ्चालन गरेकी थिइन् । “उखु बिक्रीका लागि मिलसम्म लैजान सास्ती हुन्थ्यो । मिलले पनि समयमै पैसा दिन्थेन”, उनले भनिन्, “आफ्नै उखुको पैसा उठाउन पटक-पटक धाउनुपर्थ्यो । यसपछि आफैले उखु पेल्ने कोल सञ्चालनमा ल्याए ।”

अहिले पनि उनले उखु पेल्ने परम्परागत कोललाई निरन्तरता दिएकी छिन् । दोधारा चाँदनीमा उखु पेल्ने साना उद्योग विस्थापित हुँदै गएको ऊनी बताउछिन् । विगतदेखि सञ्चालनमा रहेका कोल बन्द गरेर स्थानीय व्यापारी पलायन हुँदै गएका छन् । “मैलेँ सञ्चालन गर्दा यहाँ ११ कोल चलिरहेका थिए । अहिले छ मात्रै छन्”, उनले  भनिन्, “यो व्यवसायबाट जीवन चलाउनै समस्या भएपछि व्यापारी पलायन भएका छन् ।”

उनका अनुसार दोधारा चार र चाँदनी दुई परम्परागत उखु पेल्ने कोल सञ्चालनमा छन् । बजार र कामदार अभावका साथै उखु नपाउँदा परम्परागत कोलको व्यवसाय विस्थापित हुँदै गएको हो । उनले पनि यस वर्ष उखु पेल्ने कोल सञ्चालन नगर्ने मनस्थितिमा थिइन् ।

 “भारतीय सामान बजारमा छ्यापछ्याप्ती हुँदा हाम्रो उत्पादनले बजार पाउँदैन । आम्दानी पनि नभएकाले कोल छोड्ने विचार गरेको थिएँ”, उनले भनिन्, “आफ्नै उखु पेल्न पनि चलाउनु पर्‍यो भनेर जमिन बेचेर पनि जेनतेन कोल चलाएँ ।” 

किसानबाट उनले उखु प्रतिक्विन्टल चार सय ५० देखि पाँच सयका दरले खरिद गर्ने गरेकी छिन् । उखु पेलेर त्यसबाट आउने रसलाई पकाएर उत्पादन गरिने गुड बिक्री गर्ने गरेको उनले बताइन् ।

“सुरुआतमा राम्रै आम्दानी हुन्थ्यो । अहिले लगानी उठाउनै पनि हम्मेहम्मे पर्छ”, उनले भनिन्, “महेन्द्रनगरदेखि पहाडी भेगसम्म गुड बिक्रीका लागि जान्थ्यो । अहिले मोल नै पाउँदैनौँ ।” भगीरथको उखु पेल्ने उद्योगमा सात जना भारतीय कामदार कार्यरत छन् । पछिल्लो समय कोलमा काम गर्ने कारिगढ पाउनै मुस्किलपर्ने गरेको उनले बताइन् ।

बस्ती विस्तारले गर्दा खेतीयोग्य जमिन घट्दै गएकाले विगतको तुलनामा उखुखेती पनि कम हुने गरेको छ । महाकालीमा पक्की पुल निर्माणसँगै दोधारा चाँदनीका स्थानीय किसान उखु बिक्रीका लागि चिनी मिलसम्म पुर्‍याउने गरेका छन् । “पक्की पुल बनेपछि धेरैजसो किसान चिनी मिललाई नै उखु बिक्री गर्छन् । गाडीमा राखेर सहजै पारी लैजान सकिन्छ”, दोधारा चाँदनी नगरपालिका-५ का उखु किसान पदमसिंह भण्डारीले भने, “उखु खेती गर्ने किसान पनि विगतको भन्दा कम छन् ।”

उनले दुई दशकदेखि उखुखेती गर्दै आएका छन् । उनेले एक बिघा क्षेत्रमा उखुखेती गरेका छन् । उखु खेतीबाट वार्षिक एक लाख आम्दानी हुने गरेको उनले बताए । “उखु खेतीमा आम्दानी राम्रै छ । त्यही पनि पछिल्लो समय उखुखेती गर्ने क्षेत्रफल घटिरहेको देखिन्छ”, उनले भने, “पहिले एकै किसानले बिघामा खेती गर्थे । बस्ती विस्तार हुँदै गएपछि अहिले दुई-तीन कठ्ठा क्षेत्रफलमा सीमित भएको छ ।” रासस

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज