Advertisement

Day: २०८० पुष १७, मंगलवार २३:३८

कञ्चनपुरमा प्रदेशकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

समाचार
कञ्चनपुर - कञ्चनपुरमा चार लाख प्रथम पुरस्कारको भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लामा माघ तेस्रो साता मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिको आयोजनामा र जिल्ला भलिबल संघको व्यवस्थापनमा माघ १४ गतेदेखि २० सम्म महेन्द्रनगरस्थित कभर्ड हलमा प्रतियोगिता हुने भएको छ । प्रदेशकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले ४ लाख, द्वितीयले २ लाख र तेस्रोले १ लाख पुरस्कार प्राप्त गर्नेछ। यसैगरी चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमीफाइनलदेखिका खेलमा म्यान अफ द म्याच हुने खेलाडीले पनि ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ दिइने छ । प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायातदेखि आवास खर्च सबै आयोजकले नै बेहोर...

धनगढीमा माघबाट सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाईने

समाचार
धनगढी - धनगढीमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ । उपमहानगरपालिकाले आगामी माघदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दैै आगामी माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।...

कैलालीमा `थारु होम-स्टे गाउँ भादा महोत्सव´ सुरु

समाचार
धनगढी - कैलालीको भादामा आजबाट थारु होम स्टे गाउँ भादा महोत्सव सुरु भएको छ।  पुस २२ गतेसम्म सञ्चालन हुने महोत्सवको सुदूरपश्चमि प्रदेशका भौतकि पूर्वाधार वकिासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरेका हुन् । थारु संस्कृतकिो प्रवर्द्धन र वकिास गर्ने उद्देश्यले आयोजति महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले भादा थारु होम स्टेको वकिास गरे पर्यटक भित्र्याउन सकिने बताए । धनगढी बजारदेखि १७ किलोमिटरको दूरीमा रहेको थारु होमस्टे भादा गाउँमा पर्यटकलाई भत्र्यिाएर बास बस्ने वातावरण बनाउनसके ठूलो उपलब्धी हुने मन्त्री देउवाको भनाइ छ । धनगढी उपमहानगरपालकिा-१६ भादामा रहेको थारु होम-स्टे गाउँ भादा पर्यटन वकिास तथा व्यवस्थापन समिति कैलालीको आयोजनामा दिपेन्द्र चारपाते माविको खेलमैदानमा सुरु भएको महोत्सवमा एक सयभन्दा बढी स्टल राखएिका छन् ।  महोत्सवमा दैनकि थारु समुदायका स्थान...

बालकुमारी घटना : मृतकको सम्झनामा धनगढीमा दीप प्रज्वलन 

समाचार
धनगढी – बालकुमारी घटनामा मृत्यु भएका दुई युवकको सम्झनामा धनगढीमा दीप प्रज्वलन गरिएको छ ।  आज मंगलबार धनगढीको पार्क मोडमा साहित्य विशेषको आयोजनामा दीप प्रज्वलन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियोे । पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका दैलेखका रावत र अछामका शाहको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।...

बझाङका तीन जना पत्रकार सम्मानित 

समाचार
बझाङ - बझाङका तीन जना पत्रकार सम्मानित भएका छन् । बझाङ जिल्लामा रहेर पत्रकारितामा एक दशकभन्दा लामो समय समयदेखि कलम चलाउँदै आएका अग्रज पत्रकार एवं कान्तिपुर राष्ट्रीय दैनकमा कार्यरत वसन्तप्रताप सिंह, नेपाल पत्रकार महासंघ बझाङ जिल्ला शाखा अध्यक्ष तथा गोरखापत्र राष्ट्रीय दैनिकका जिल्ला संवादताता शैलेन्द्र रोकाया र कामना टेलिभिजन बझाङ जिल्ला संवाददाता उत्तम कुमार थापा सम्मानित भएका हुन् । आज दलित सहयोग समाजले एक कार्यक्रम गर्दै तीनै जना पत्रकारले जिल्लाभित्र रहेर सञ्चार माध्यममा विभिन्न कुरिती कुसंस्कार, अन्धविश्वास र समाजमा रहेका हानिकारक व्यवहार विरुद्धका सवाललाई प्रकाशन तथा प्रशारणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कदरपत्र सहित सम्मान गरेको हो । दलित सहयोग समाजले बझाङ जिल्लामा रहेर विभिन्न सामाजिक कामहरु गरिरहेको र अझै पनि हाम्रो समाजमा विभिन्न प्रकारका कुप्रथा, कुसंस्कारहरु कायमै...

डडेल्धुराको  एक पालिकामा अनुमति बिना बिदा बस्ने कर्मचारीको तलब काटिने

समाचार
डडेल्धुरा - कार्यालयको अनुमति नलिई बिदा बस्ने कर्मचारीको तलब काट्ने भएको छ। जिल्लाको आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने भएको हो । अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए । गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले बताए ।...

टोकियोमा दुई विमान एकपासमा ठोक्किँदा भीषण आगलागी

समाचार
काठमाडौं - जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिन्छ । यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो ।...

डडेल्धुरा मेडिकल कलेजमा माघदेखि कक्षा सञ्चालन

समाचार
धनगढी -  डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी अघि बढाएको छ ।  कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी अघि बढेको हो ।  सुदूरपश्चिम विश्वविद्यालयमातहतको कलेजमा माघदेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने तयारी छ । विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । १० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनले बताए । विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । डडेल्धुरा अस्...

रुसी सेनामा कार्यरत कैलालीका एकसहित थप ३ नेपालीको मृत्यु

समाचार
काठमाडौँ - रुसी सेनामा भर्ती हुन गएका कैलालीका एक जनाको मृत्यु भएको छ । उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो ।  परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा कैलालीका भरतबहादुर शाह रहेका छन् । उनीसँगै थप दुई जनाको पनि मृत्यु भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो । योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको ।  जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन् । रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन् । उनीह...

महिला भलिबलमा एपीएफ च्याम्पियन

समाचार
काठमाडौं - विभागीय टोली एपीएफले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा एपीएफले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७, २५–२३ को सेटमा हरायो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको विजेता एपीएफले २ लाख र उपविजेता न्यू डनयमण्डले १ लाख प्राप्त गर्‍यो । च्याम्पियन एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भइन् । उनले १५ हजार प्राप्त गरिन् । व्यक्तिगत उत्कृष्टमा न्यू डनायमण्डक र एपीएफमै वर्चस्व रह्यो ।...

धनगढीको एक पसलमा आगलागी हुँदा २० लाखको क्षति 

समाचार
धनगढी - धनगढीको एक पसलमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।  धनगढी उपमहानगरपालिका–१ शान्तिनगरस्थित सागर सम्शेर राणाको जय श्री चन्डिका ट्रेडर्स एण्ड सप्लायर्समा विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगलागी हुँदा खाद्यान्न, किराना सामान तथा पेय पदार्थ साथै पसल भित्र पार्किङ गरिराखेको स्कुटि समेतमा आगलागी हुँदा अन्दाजी २० लाख मुल्य बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।...

इङ्ग्लिस प्रिमियर लिग : न्युक्यासललाई हराउँदै लिभरपुल ४–२ गोलले विजयी  

समाचार
काठमाण्डाैं - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ ।  गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो । जितसँगै लिभरपुलको २० खेलमा ४५ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अङ्क छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अङ्क रहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज