धनगढीमा प्राकृतिक तालको संरक्षण सुरु
धनगढी - धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ ।
नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना सुरु गरेको हो ।
उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक तालतलैयाको खोजी गरी अतिक्रमण हटाएर ताल तलैयालाई पुनः कायम राखी पुनःभरण सुरुआत गरिएको नगरप्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकामा रहेका ८३ वटा सार्वजनिक तालतलैयामध्ये सात वटा तालको अतिक्रमण हटाइएको छ ।
नगर क्षेत्रभित्र अतिक्रमण गरिएका ताल खाली गरी संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टको भनाइ छ । उनले नगर क्षेत्रभित्र रहेका अधिकांश ताल नक्सामा मात्रै देखिने गरेकाले ती तालको संरक्षण गर्ने...



