
कैलाली – नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।
चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।
अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो ।
त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ । चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ ।