Advertisement

Day: २०८० मंसिर २८, बिहीबार १९:१३

धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर! !

धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर! !

समाचार
धनगढी : धनगढीको सौभाग्य अस्पतालको अध्यक्षमा युवराज कुँवर मनोनीत भएका छन्। आज बसेको बैठकले कुँवरलाई अध्यक्षमा मनोनीत गरेको हो। यस अगाडि अध्यक्ष रहेका दिनेश जोशी टिमबाट बाहिरिएपछि उनी अध्यक्षमा मनोनीत भएका हुन्। यस्तै सदस्यमा सुधिर भट्ट, एकेन्द्र मल्ल, डन्डीराज खनाल र पुष्कर जैशी र विवेक जोशी मनोनीत भएका छन्।...

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

समाचार
कैलाली - कैलालीमा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकि थिइन् ।  घाइते जोशीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो ।  उपचार सम्भव नभएपछि अस्पतालले उनलाई दिउँसो मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । ...

नेप्सेमा सामान्य अंककाे वृद्धि, तीन अर्ब १५ करोडकाे काराेबार 

समाचार
कैलाली - साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से आज ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ । आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको सेयर उकालो लागेको छ । यसदिन ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यसमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने समग्रमा बजार बढेको दिन गुराँस लघुवित्तको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ। ...

बझाङमा जिप दुर्घटना, एक जना घाइते

समाचार
धनगढी - बझाङमा ब्रेक फेल भएर जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने भन्ने ठाउँको कच्चि सडकखण्डमा आज बिहान सुदूरपश्चिम प्रदेश ०१००१ च ३९६५ नम्बरको जिप दुर्घटना भएको हो । सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको जिप ब्रेक फेल भई सडकबाट करिब एक सय मिटर तल खसेको बझाङ प्रहरीले बताएको छ । दुर्घटनामा जिप साहु ३२ वर्षीय केशव थापा घाइते भएका र उनको उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले थप अनुसन्धान भइहेको प्रहरी जनाएको छ ।...

कञ्चनपुरमा महेन्द्रकाे सालिक राख्न विवाद : ७ दिनसम्म निषेधाज्ञा

समाचार
धनगढी – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका– ४ महेन्द्रनगर बजारमा आज बिहीवारदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।  महेन्द्रनगरको महेन्द्र स्मारकमा स्वर्गीय राजा महेन्द्र शाहको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले त्यस क्षेत्र आज बिहानदेखि निषेधाज्ञा जारी गरेको हो ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महेन्द्रकाे सालिक राख्ने तयारी परेपछि विवाद भएकाे थियाे । प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको शालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शनजस्ता आन्दोलन गर्न निषेध गरेको हो । ‘सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो’, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘सार्वजनिक शान्ति सुव्यवस्थालाई ...

आज राति नेपालबाट उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने

समाचार
कैलाली - आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् ।  नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ । नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् ।  उनका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएकाे मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताए । अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उनको भनाइ छ ।  उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्र...

आज मन्त्रीपरिषद् बैठक बस्दै

समाचार
कैलाली - प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।

लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारी बिदा

समाचार
कैलाली - लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो । महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ । प्रदेश सभाबाट पारित भइ गएको मंसिर २१ गते प्रमाणीकरण भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो । ...

सुनको भाउ आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढ्यो

समाचार
कैलाली - सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ  । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो । यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो ।  अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

एनएसएलमा आज चितवन र धनगढी भिड्दै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ । अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ । चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ ।...

लोक सेवामा एकैपटक ३८१ अधिकृत पदका लागि विज्ञापन प्रकाशित

समाचार
कैलाली - लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ ।  बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो ।  आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ ।  आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिए । इच्छुक योग्य व्यक्तिले आगामी पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख गरिएको छ भने दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने छ ।  दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । ...

भुटानी शरणार्थी प्रकरण : आज बालकृष्ण खाँणको अन्तिम सुनुवाई

समाचार
कैलाली - नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दाको सुनुवाई आज हुँदैछ । आज उच्च अदालत पाटनमा हुने सुनुवाईमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ ।  आजको पेसीमा गोलाप्रथाबाट न्यायाधीश छानिनेछन् । तेस्रो न्यायाधीशको रायले खाँण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने विषयमा मत बाझिए पछि तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो । उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो । सो आदेशअनुसार कतिपय रिहा भइसकेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज