Advertisement

प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी धनगढीलाई 

Advertisement

धनगढी – प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिताको उपाधी धनगढी उपमहानगरपालिकाले उचालेको छ । धनगढीले घोडाघोडिलाई १-० गोल अन्तरले पराजित गर्‍यो । 

बिहीबार सम्पन्न फाईनल खेलमा घोडाघोडी नगरपालिकालाई पराजित गर्दै धनगढी उपमहानगरपालिकाले उपाधी संगै नगद २ लाख १ हजार हात पार्न सफल भएको हो ।

प्रतियोगिताको उपबिजेता बनेको घोडाघोडी नगरपालिकाले १ लाख ५ हजार सहित ट्र्फि हात पारेको छ । 

यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी धनगढी उपमहानगरपालिका राम सिंह राना बने । उनले नगद २० हजार हात पारे । यसै गरि उत्कृष्ट गोल किपर धनगढी उपमहानगरपालिका अमानथ शेखले नगद १५ हजार सहित ट्रफी हात पारे । 

यसै गरि उत्कृष्ट डिफेण्डर घोडाघोडिका प्रदिप बम बने । उनले नगद १५ हजार हात पारे । यस्तै सर्बाधिक गोलकर्ताको ट्रफी लम्की चुहा बि एस १५ का शिषिर केसि भए । उनले नगद १५ ह्जार पुरस्कार प्राप्त गरे । यसै गरि प्रतियोगिताको उदयिमान खेलाडी बर्दगोरियाका भरत खडका बने । उनले १५ नगद सहित ट्रफी हात पारे । 

यसै गरि प्रतियोगितामा मैत्रीपुर्ण महिला फुटबल खेलमा गौरिगङ्गा नगरपालिकाको टिम बिजेता बन्न सफल भएको छ । गौरिगङ्गाले धनगढी उपमहानगरपालिकाको अल स्टार स्पोर्ट्स एकाडेमिलाई   १-० गोल अन्तरले पराजित गर्‍यो । उसले नगद २० हजार सहित ट्रफी हात पार्‍यो । 

समापन समारोहमा प्रमुख अतिथि रहनु भएका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले प्रदेश सरकार खेल क्षेत्रलाई अगाडी बढाउन लागि परेको बताए ।

मन्त्री साउदले भने, “प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडी बढाउन नीति तथा कार्यक्रम बनाई रहेको छ । कसैले क्रिकेट खेल्छ,कसैले भलिबल र कसैले फुटबल तर अन्तमा कतै अरुतिर मोडिनुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न प्रदेश सरकार लागि रहेको छ । खेलाडी खेल क्षेत्रमा आफ्नो भविष्य खोजी रहेको हुन्छ त्यसलाई खेल क्षेत्रमानै खेलाडीको व्यवस्था गर्न प्रदेश सरकार लागि रहेको छ ।”

कार्यक्रम समापन समारोह बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत र कैलाली क्षेत्र नम्बर २ का पूर्व  प्रदेश सभा सदस्य नन्द बहादुर साउद रहेका थिए ।

बाल कुमारी सुनारको धन्यवाद मन्तव्य संगै सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक, ३ का अध्यक्ष मन्ऋषी आचार्य , ४ का अध्यक्ष जगत बहादुर शाही र वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज