
धनगढी – प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिताको उपाधी धनगढी उपमहानगरपालिकाले उचालेको छ । धनगढीले घोडाघोडिलाई १-० गोल अन्तरले पराजित गर्यो ।
बिहीबार सम्पन्न फाईनल खेलमा घोडाघोडी नगरपालिकालाई पराजित गर्दै धनगढी उपमहानगरपालिकाले उपाधी संगै नगद २ लाख १ हजार हात पार्न सफल भएको हो ।
प्रतियोगिताको उपबिजेता बनेको घोडाघोडी नगरपालिकाले १ लाख ५ हजार सहित ट्र्फि हात पारेको छ ।
यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी धनगढी उपमहानगरपालिका राम सिंह राना बने । उनले नगद २० हजार हात पारे । यसै गरि उत्कृष्ट गोल किपर धनगढी उपमहानगरपालिका अमानथ शेखले नगद १५ हजार सहित ट्रफी हात पारे ।
यसै गरि उत्कृष्ट डिफेण्डर घोडाघोडिका प्रदिप बम बने । उनले नगद १५ हजार हात पारे । यस्तै सर्बाधिक गोलकर्ताको ट्रफी लम्की चुहा बि एस १५ का शिषिर केसि भए । उनले नगद १५ ह्जार पुरस्कार प्राप्त गरे । यसै गरि प्रतियोगिताको उदयिमान खेलाडी बर्दगोरियाका भरत खडका बने । उनले १५ नगद सहित ट्रफी हात पारे ।
यसै गरि प्रतियोगितामा मैत्रीपुर्ण महिला फुटबल खेलमा गौरिगङ्गा नगरपालिकाको टिम बिजेता बन्न सफल भएको छ । गौरिगङ्गाले धनगढी उपमहानगरपालिकाको अल स्टार स्पोर्ट्स एकाडेमिलाई १-० गोल अन्तरले पराजित गर्यो । उसले नगद २० हजार सहित ट्रफी हात पार्यो ।
समापन समारोहमा प्रमुख अतिथि रहनु भएका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले प्रदेश सरकार खेल क्षेत्रलाई अगाडी बढाउन लागि परेको बताए ।
मन्त्री साउदले भने, “प्रदेश सरकार खेलकुद क्षेत्रलाई अगाडी बढाउन नीति तथा कार्यक्रम बनाई रहेको छ । कसैले क्रिकेट खेल्छ,कसैले भलिबल र कसैले फुटबल तर अन्तमा कतै अरुतिर मोडिनुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न प्रदेश सरकार लागि रहेको छ । खेलाडी खेल क्षेत्रमा आफ्नो भविष्य खोजी रहेको हुन्छ त्यसलाई खेल क्षेत्रमानै खेलाडीको व्यवस्था गर्न प्रदेश सरकार लागि रहेको छ ।”
कार्यक्रम समापन समारोह बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथी घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत र कैलाली क्षेत्र नम्बर २ का पूर्व प्रदेश सभा सदस्य नन्द बहादुर साउद रहेका थिए ।
बाल कुमारी सुनारको धन्यवाद मन्तव्य संगै सुरु भएको कार्यक्रममा मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक, ३ का अध्यक्ष मन्ऋषी आचार्य , ४ का अध्यक्ष जगत बहादुर शाही र वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी लगाएतको उपस्थिति रहेको थियो ।