Advertisement

Day: २०८० मंसिर २१, बिहीबार २१:३१

नेपाल सुपर लिग : चितवन र बुटवलको बराबरी

समाचार
कैलाली - चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा रोकिए । सुरुवाती अग्रता जोगाउन नसक्दा चितवन अङ्क बाँड्न बाध्य भएको हो । चितवनका लागि उत्सव राईले ४७औँ मिनेटमा गोलको खाता खोल्नुभयो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बुटवलका स्टेफन समिर बियोङले गोल गर्दै खेललाई बराबरीमा सक्नुभएको थियो । बराबरीसँगै चितवनले चार खेलबाट पाँच अङ्क बनाएको छ । बुटवलको समान खेलबाट चार अङ्क पुगेको छ । ...

प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी धनगढीलाई 

समाचार
धनगढी - प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिताको उपाधी धनगढी उपमहानगरपालिकाले उचालेको छ । धनगढीले घोडाघोडिलाई १-० गोल अन्तरले पराजित गर्‍यो ।  बिहीबार सम्पन्न फाईनल खेलमा घोडाघोडी नगरपालिकालाई पराजित गर्दै धनगढी उपमहानगरपालिकाले उपाधी संगै नगद २ लाख १ हजार हात पार्न सफल भएको हो । प्रतियोगिताको उपबिजेता बनेको घोडाघोडी नगरपालिकाले १ लाख ५ हजार सहित ट्र्फि हात पारेको छ ।  यसै गरि प्रतियोगितामा उत्कृष्ट खेलाडी धनगढी उपमहानगरपालिका राम सिंह राना बने । उनले नगद २० हजार हात पारे । यसै गरि उत्कृष्ट गोल किपर धनगढी उपमहानगरपालिका अमानथ शेखले नगद १५ हजार सहित ट्रफी हात पारे ।  यसै गरि उत्कृष्ट डिफेण्डर घोडाघोडिका प्रदिप बम बने । उनले नगद १५ हजार हात पारे । यस्तै सर्बाधिक गोलकर्ताको ट्रफी लम्की चुहा बि एस १५ का शिषिर केसि भए । उनले नगद १५ ह्जार पुरस्कार ...
बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

बझाङ, मुख्य समाचार
बझाङ : बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ । पहिलो चरणमा १३ हजार ५ सय परिचयपत्र तयार भएर बझाङ आइपुगेका छन् । आज पहिलोदिन जयपृथ्वी नगरपालिका ९ का २९ वर्षिय बिबेक कुमार खड्कालाई प्रमुख जिल्ला अधिकारी विश...

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने 

समाचार
कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ । आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिए ।  यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।...

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

समाचार
धनगढी - कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्। युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स-११ सुपर स्टार्सलाई पराजित गर्यो।  आजको पहिलो खेलमा युथ अफ टिकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो।  युथ अफ टिकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो।  शारदाको ब्याटिंगमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुबास सिंहले १६ रन योगदान दिए। युथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १/१ विकेट लिए।  यस अघि टस जितेर ब्याटिंग गरेको युथ अफ टिकापुरले १७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बन...

पश्चिम सेतीको चार सय केभी प्रसारण लाइन निर्माण हुने

समाचार
धनगढी - पश्चिम सेतीको चार सय केभी प्रसारण लाइन विस्तार गरिने भएको छ।  बझाङ–वनलेक–दोदोधरा विद्युत प्रसारण लाइन छिट्टै निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिने सङ्घीय सरकारले दाबी गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग गरेको छलफलको क्रममा मन्त्री बस्नेतले विद्युत् लाइन निर्माणको प्रतिबद्धता जनाएका हुन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यो लाइनको अध्ययन गरिरहेको छ। सुदूरपश्चिम प्रदेशको विकासको लागि आवश्यक यो प्रसारण लाइन भारतीय इक्जिम बैङ्कको ऋण सहयोगमा बन्नेछ। बुढीगंगा जलविद्युत् आयोजनाका लागि निर्माण गर्नुपर्ने बूढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइनको निर्माण अगाडि बढाउनका लागि पनि ऊर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई निर्देशन दि...

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

समाचार
धनगढी - बाजुरामा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर एक जना महिलाको मृत्यु भएको छ ।  बुढीनन्दा नगरपालिका–३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्टको भिरमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो । गाउँको बडाला नजिकै देउपानी मेलामा घाँस काट्न गएका बेला भिरबाट खसेको ढुङ्गा लागेर बिस्टको मृत्यु भएको बूढीनन्दा नगरपालिका–३ का अध्यक्ष जङ्बीर रोकायाले बताए । उनले भने, “आज बिहान ८ बजे ढुङ्गा लागेर घाइते भएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र कोल्टीमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । ” विष्टको घटनाबारे औपचारिक रूपमा प्रहरीलाई जानकारी नआएको कोल्टी इलाका प्रहरी कार्यालय बुढीनन्दा कोल्टीका प्रहरी सहायक निरीक्षक अशोक पालले बताए । ...

प्रधानमन्त्री प्रचण्ड शुक्रबार धनगढी आउँदै

समाचार
धनगढी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धनगढी आउने कार्यक्रम तय भएको छ ।  मङ्सिर २२ गते शुक्रबारदेखि धनगढीमा सुुरु हुन गइरहेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न  प्रधानमन्त्री प्रचण्ड धनगढी आउने भएका हुन् । सुदूरपश्चिम महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले १७ औँ संस्करणको महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री आउने कार्यक्रम  निश्चित भएको बताए । महोत्सव १० दिनसम्म चल्नेछ । यस पटक महोत्सवको टिकट खल्ती एप्सबाट पनि लिन सकिने व्यवस्था सङ्घले मिलाएको छ ।...

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

समाचार
कैलाली - नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् ।  खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका तीन खेलमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । ४ अङ्क जोडेको चितवन अङ्क तालिकामा पाचौँ स्थानमा छ । बुटवल लुम्बिनी भने छैठौँ स्थानमा छ । ३ अङ्क रहेको बुटवल लुम्बिनी तीन खेलमा एकमा जित र दुईमा पराजित भएको छ ।...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

समाचार
एजेन्सी - चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ ।  यसमा कम्प्युटिङ पावरदेखि भण्डारणसम्मका धेरै क्षेत्रमा थप क्षमता समावेश छन् ।      राष्ट्रिय सुपरकम्प्युटिङ सेन्टरले दक्षिण चीनको गुआङ्डोङ प्रान्तको राजधानी ग्वाङ्जाउमा सुपर कम्प्युटरको अनावरण गरेको हो । सेन्टरका निर्देशक लू युटाङका अनुसार नयाँ कम्प्युटरले सिपियु, कम्प्युटिङ, नेटवर्क, स्टोरेज र एप्लिकेसनजस्ता क्षमतामा विश्वको सबैभन्दा तीव्र सुपर कम्प्युटरहरू मध्येको एक तियान्हे–२ लाई पछाडि पारेको छ ।  सेन्टरका अनुसार तियान्हे जिङ्गीको सञ्चालनले उच्च प्रदर्शन कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई), ठूलो मोडेल प्रशिक्षण र ठूलो डेटा विश्लेषणको क्षेत्रमा बढ्दो कम्प्युटिङ मागहरूलाई पूरा गर्ने अपेक्षा गरिएको छ । ...

वीरेन्द्रनगरको एक मिलमा आगलागी

समाचार
कैलाली - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ।  आज बिहान ५ः३० बजे विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए। उक्त मेसिनहरू ध्वस्त भएको छन्।  अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। त्यहाँ नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।...

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

समाचार
कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् । लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज