Advertisement

Day: २०८० मंसिर १८, सोमबार २१:५८

नियम विपरीत पेस्तोल  पट्काएको घटना छानविनका लागि प्रदेशको  टोली बझाङमा

नियम विपरीत पेस्तोल पट्काएको घटना छानविनका लागि प्रदेशको टोली बझाङमा

बझाङ, मुख्य समाचार
बझाङ : बझाङमा नियम विपरीत स्थानीयले पेस्तोल पट्काएको घटना छानविन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट एक टोली बझाङ आएको छ । गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेरा गाउँपालिका–३ पाटागाउँमा खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको घटना बाहिरिएपछि प्रदेश प्रहरी कार्यालयबाट छानबिनका लागि एक टोली बझाङ आएको हो । ब्याँसी प्रहरी चौकीका असई पुस्कल चन्दले गत कार्तिक ६ गते फुलपातिको दिन छविसपाथिभेराका पूर्व गाउँपालिका अध्यक्षसमेत रहेका अक्कल धामीलाई रमाइलोको लागि आफ्नो पेस्तोल पट्काउन दिएका थिए। खुलस्त रुपमा नियम विपरीत हातहतियारको दुरुपयोग गरेको उक्त विषयलाई कामना टेलिभिजन टिमले मंसिर ७ गते बाहिर ल्याएको थियोे । घटना घटेको एक महिना भए पनि अनविज्ञ रहेको बझाङ प्रहरीले उक्त कुरा थाहा पाएपछि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान पश्चात् घटनामा संलग्न असईलाई बझाङ प्रहरी प्रमुख तथा डिएसप...

नेतृत्व परिवर्तनको आवश्यकता छ

समाचार
राणा शासनको विरुद्धमा आवाज उठायौ राजतन्त्रको विरुद्धमा आवाज उठायौ , आज फेरि लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा आवाज उठाउने तिमी देशमा थुप्रै परिवर्तन आए व्यवस्था परिवर्तन भए , तर पनि देशका समस्याहरू कहिल्यै हल भएनन् । किन कसैले यो बुझ्दैनन् कि अब देशमा व्यवस्था परिवर्तन होइन , नेतृत्व परिवर्तनको आवश्यकता छ । अहिले चलिरहेको कार्य प्रवृत्तिको विरुद्ध मा अवाज उठ्नु जरूरी छ । व्यवस्थाको विरुद्धमा आवाज त हर कोहिले उठाउँछ तर किन कसैले नेतत्त्व परिवर्तनको विरुद्धमा आवाज उठाउने साहस गर्दैन ? किन कसैले गलत प्रवृत्तिको विरुद्धमा बोल्ने आट राख्दैन ? आउनुस् अब व्यवस्थाको विरुद्ध होइन नेतत्त्वको विरुद्धमा आवाज उठाऔ , काम गर्ने कार्यशैलीको विरुद्धमा बोलौ , अठोट हिम्मतका साथ एक नयाँ उद्घोष गरौँ शङ्ख फुकौँ ,  नेतृत्व परिवर्तनको । नयाँ नेतृत्व...

विप्लव र प्रकाण्डविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

समाचार
कैलाली - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो । अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ । विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनाअनुसार राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटो...

एलपीएलमा आज : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

समाचार
धनगढी - कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।  धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्‍यो। आजको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्‍यो। फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फा...

काठमाडौंको दिया र धनगढीको साइनो एजुकेसनबीच कोरियन भाषामा साझेदारी

समाचार
धनगढी - काठमाडौंको कोरियन भाषाका लागि प्रख्यात दिया एजुकेसनसँग धनगढीको साइनो एजुकेसनले प्राविधिक सहयोग र मेटिरियलसको लागि सम्झौता गरेको छ । दिया एजुकेसनको तर्फबाट मुख्य प्रशिक्षक एवम् लेखक, विवेक भट्ट र साइनो एजुकेसनको तर्फबाट निर्देशक, पदमराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंमा कोरियन भाषाको लागि प्रख्यात दिया एजुकेसनका मुख्य प्रशिक्षक एवम् लेखक, विवेक भट्टले सुदूरपश्चिममा साइनो एजुकेसनले भाषा क्षेत्रमा गरिरहेको प्रयासमा साझेदारी गर्न पाउँदा खुशी लागेको बताए । सम्झौता अनुसार धनगढीको साइनो एजुकेसनको रेफ्रेन्स लिएर आउने विद्यार्थीलाई दिया एजुकेसनले विशेष छुट दिने छ ।  त्यस्तै धनगढीको साइनो एजुकेसनमा भर्ना भएर वा आधा पढेर काठमाण्डौंको दियामा जान चाहेमा सोही शुल्कमा कोरियन भाषा सिक्न सकिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।...

इन्डाेनेसियामा ज्वालामुखी विस्फाेट, ११ जनाकाे ज्यान गयाे

समाचार
एजेन्सी - इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ ।  मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले जनाएको छ । याे घटनामा १२ जना हराइरहेका छन् । फेरि अर्को सानो विस्फोट भएकोले अहिले खोजी कार्य रोकिएको छ । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेकामा बाँकीको उद्धार गरिसकेको इन्डोनेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इन्डोनेसियामा रहेका एक सय २७ वटा सक्रिय ज्वालामुखीमध्ये मारापी पर्वतमा विस्फोट भएको हो । विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेकाे छ ।...

अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा २ जना पक्राउ

समाचार
कैलाली - अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भई काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई पक्राउ गरेको हो । यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुले अनलाइनमार्फत युवतीहरुको तस्वीर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।  घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।...

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ

समाचार
कैलाली - विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् । ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।...
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धारमा सहज

राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धारमा सहज

समाचार
सङ्खुवासभा- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ। भौगोलिक विकटताका कारण बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन। विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधार अभावमा दुर्गममा भरपर्दो प्रसूति सेवा पनि छैन। यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार सहज हुँदैन।  जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाको भनाइ छ। गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रम अन्तर्गत २०७७ सालदेखि हालसम्म १६ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको पब्लिक हेल्थ नर्स ...
बीपी प्रतिष्ठानको फार्मेसीका कर्मचारी अस्पताल मातहत ल्याउन NPA कोशिको ध्यानाकर्षण!

बीपी प्रतिष्ठानको फार्मेसीका कर्मचारी अस्पताल मातहत ल्याउन NPA कोशिको ध्यानाकर्षण!

समाचार
धरान– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ। नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेश कार्यसमितिले सो माग गर्दै प्रतिष्ठानका उपकुलपतिलाई ध्यानाकर्षण गराएको हो। एसोसिएसनले आइतबार दिउँसो प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तीन बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षणपत्रमा हाल प्रतिष्ठानको फार्मेसीमा कार्यरत फार्मेसी सहायकहरू टेन्डरमार्फत बाह्य कम्पनीबाट काम गराइएकाले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अस्पतालकै मातहत ल्याउनुपर्ने माग गरिएको छ। त्यस्तै निर्देशिका र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रअनुसार फार्मेसी सञ्चालन गरिनुपर्ने र अस्पतालमा अतिआवश्यक औषधि र प्रविधिजन्य स्वास्थ्यसामग्री उपलब्धता नहुने भएकाले बि...

एनएसएलमा आज झापा र काठमाडौं खेल्दै

समाचार
कैलाली - नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो ।  यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुनेछ । झापा र काठमाडौं दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ । उद्घाटन खेलमै स्पोर्टिङ इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो । उता नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन । सिजनको पहिलो खेलमा स...

धनगढीमा एक घरमा आगलागी

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर-१५ मा रहेको  एक घरमा आगलागी भएको छ । वडा नम्बर १५ मा रहेको आमबगैँचा बस्ने ३९ वर्षीया लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो। घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीको कारण भने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ  ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज