सुप समाज कोरियाद्वारा धनगढीको मानव सेवा आश्रमलाई पलङ्ग सहयोग
धनगढी - कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रमलाई १४ थान पलङ्ग सहयोग गरिएको छ ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाले एक लाख १५ हजार मूल्यका १४ थान पलङ्ग सहयोग गरेको हो।
मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक आदर्श ढकालका अनुसार समाजका पूर्व अध्यक्ष सन्तोष सर्वणकार र पूर्व वरिष्ठ उपाध्यक्ष डिआर पनेरुले पलङ्ग हस्तान्तरण गरेका हुन् ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाले विगतका दिनदेखि आश्रमलाई सहयोग गर्दै आइरहेको छ ।...

