
धनगढी – कैलालीमा मोटरसाइकल एक आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।
बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ ।
घाईते बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइ रहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।