कैलाली – नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।
यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।
हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ ।
पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो ।
एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३