
कैलाली – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् ।
उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै आक्रोश पोखेका हुन् ।
उनले राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति व्यंग्य गरेका छन् ।
‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ उनले लेखेका छन् ।