Advertisement

Day: २०८० मंसिर ११, सोमबार २१:२१

नमूना कैलाश आधारभूत विद्यालयकालागि आर्थिक संकलन अभियान : सुर्मा गाउँपालिका अध्यक्ष बोहोराद्वारा चालिस हजार सहयोग

नमूना कैलाश आधारभूत विद्यालयकालागि आर्थिक संकलन अभियान : सुर्मा गाउँपालिका अध्यक्ष बोहोराद्वारा चालिस हजार सहयोग

बझाङ, मुख्य समाचार
बझाङ : मष्टा गाउँपालिका वडा नम्बर ७ लटौनस्थित कैलाश आधारभुत विद्यालयको स्तरोन्नतीको लागि आर्थिक संकलन अभियान जारी रहेको छ । अभियान अन्तर्गत आज सुर्मा गाउँपालिका अध्यक्ष खडक बोहोराले आर्थिक सहयोग गर्नुभएको छ । भौगोलिक विकटता तथा आर्थिक अभावका कारण ओझेलमा परेको कैलाश आधारभुत बिद्यालयको स्तरोन्नतीको लागि अध्यक्ष बोहोराले चालिस हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिर्ख बोहोराले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक, भौतीक एव आर्थिक उन्नती गरेर मष्टा गाउँपालिकाकै नमुना विद्यालय बनाउने उद्येश्य रहेको बताउदै विद्यालय व्यवस्थापन समिति अध्यक्ष बोहोराले अहिलेसम्म विभिन्न निकाय तथा व्यक्तिहरुबाट १४ लाख रकम संकलन गरिएको बताउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा कैलाश आधारभुत बिद्यालयलाई पालिकाकै नमूना विद्यालय बनाउने संकल्प सहित लागिरहेको समेत बताउनुभएको छ ...

विद्यार्थीको मन जित्दै ‘दिया एजुकेसन’ : इपीएस परिक्षामा ९० प्रतिशत नतिजा दिन सफल 

समाचार
धनगढी – कोरियन भाषा पढ्न चाहने विद्यार्थीका लागि अहिले दिया एजुकेसन गन्तव्य स्थान बनेको छ । काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले सन् २०२३ को सीप बील्डीङ क्षेत्रमा भएको परिक्षामा ९० प्रतिशत नतिजा दिन सफल भएको छ । त्यस्तै एजुकेसनमा प्रत्येक दिन विभिन्न समयमा कोरियन कक्षाहरु चलिरहेको दिया एजुकेसनमा कार्यरत भाष्कर भट्टले बताए । दिया एजुकेसनमा कोरियन कक्षाहरु लेखक तथा प्रशिक्षक विवेक भट्टद्वारा हुने गरेका छन् । त्यस्तै “डेली यूबीटी परिक्षा” हुने गरेका छन् ।...

चितुवाले आक्रमण गर्दा बैतडीमा एक जना घाइते 

समाचार
कैलाली - बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।  जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्। सोमवार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण गरेको हो।  चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्। ...

विहे गर्ने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ 

समाचार
कैलाली - एक महिलाले युकेको नागरिक भएको बताउँदै विहे गरेर लैजाने लोभ देखाएर ठगी गरेको पाइएको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्दै उनले प्रलोभनमा पारी ३ लाख ३० हजार बढी ठगी गरेको पाइएको प्रहरीको साइबर व्यूरोले जनाएको छ । यसरी ठगी गर्नेमा पाँचथर फिदिम नगरपालिका ११ घर भई हाल झापा बस्ने ३४ वर्षकी कमला मिश्र रहेको प्रहरीले जनाएको छ। उनले युकेको नागरिक हुँ, विवाह भएको छैन भनी जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिन्छु, डेलिभरीले सम्पर्क गरेपछि मैले पठाएको गिफ्ट सामानहरु लिनु भनि म्यासेज लेखेर फोटोसमेत पठाई रकम ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ। ठगिएपछि पीडितले दिएको निवेदनका आधारमा विद्युतीय माध्यामबाट ठगी गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कञ्चनपुरमा एक घरमा आगलागी 

समाचार
कैलाली - कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो। आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।  आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।...
केपी वली टि-२० क्रिकेट खेलमा सु.प. का क्रिकेट खेलाडीलाई मायामेट्रोद्बारा जाकेट हस्तान्तरण

केपी वली टि-२० क्रिकेट खेलमा सु.प. का क्रिकेट खेलाडीलाई मायामेट्रोद्बारा जाकेट हस्तान्तरण

समाचार
पोखरामा जारी केपी वली टि-२० क्रिकेट कप प्रतियोगिता २०८० का लागि सुदुर पश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको अध्यक्षतामा खेलाडीहरुलाई बिदाई समारोहका प्रमुख अतिथिमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एव् माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउद, विशिष्ट अतिथिमा परशुराम नगरपालिकाका मेयर भरत जोशीको उपस्थीति रहेको थियो । तेसै गरी प्रदेश क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा , प्रदेश सचिव लक्ष्मण भट्ट , प्रदेश सदस्य रमेश चन्द, डडेल्धुरा जिल्ला क्रिकेट संघ का अध्यक्ष हरि उप्रेती लगाएत द्वारा सुदुरपश्चिम् प्रादेशिक क्रिकेट संघ को प्रदेश क्रिकेट टिमका खेलाडीहरुलाई  टिका र खादा लगाई विदाई  गरेका छ । खेलाडीहरुलाई मायामेट्रो अस्पताल धनगढीले खेलाडीहरुको उच्च मनोबल होस भन्ने कामना गर्दै जाकेट प्रायोजन गरी सबै खेलाडीहरुलाई मायामेट्रो अस्पतालका संचालक/अध्यक्ष धिरे...

दार्चुलामा दुई बस एकआपसमा ठोक्किएपछि…

समाचार
कैलाली - दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा दुई बस आपसमा ठोक्किएका छन्। दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका छन्। नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो।  बसहरुमा क्षति भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।...

थाइल्यान्डमा एक बेहुलाले बेहुलीसहित ४ जनालाई गोली हाने

समाचार
कैलाली - थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् ।  थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ ।  गोली लागेका सबैकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोली चलाउनुकाे कारण भने खुलेको छैन । चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।...

गणतन्त्रमा खतरा छैन : देउवा

समाचार
कैलाली - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कन नसक्ने बताएका छन् । नवलपुरको जिल्ला सम्मेलनमा जाने क्रममा भरतपुरमा पत्रकारसँग बोल्दै सभापति देउवाले गणतन्त्रमा संकट नरहेको बताए । राजावादीको प्रदर्शन बारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘अरु कुरा मलाई थाहा छैन ।’ राजतन्त्रको पक्षमा बोल्न पाइने भएपनि राजतन्त्र फर्कने अवस्था नरहेको उनले बताए । राजसंस्थाको पुर्नबहालीको विषयमा सभापति देउवाको मौनता बारे सोधिएको प्रश्नमा देउवाले भने,‘तपाईहरु के के लेख्नुहुन्छ, मलाई के थाहा यार?’ आलोपालोको प्रधानमन्त्री बारे सभापति देउवाले ‘भएपछि थाहा पाइहाल्नुहुन्छ नि’ भनी जवाफ फर्काए ।...

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
कैलाली - बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो। उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बाजुराको एक विद्यालयमा वडा सदस्यको मनोमानी, वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा पनी राहतलाई प्रअको जिम्मेवारी

समाचार
कैलाली - त्रिवेणी नगरपालिका २ सिम्लामा रहेको पार्वती माध्यामिक विद्यालयमा कानुन विपरित प्रधानाध्यापक बनाएको विवादले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।  यो भन्दा  पहिले प्रधानाध्यापक रहेका शिक्षक नन्दलाल जैशी कार्तिक २० गते अनिवार्य अबकास (रिटाएर) भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा विद्यलय ब्यवस्थापन समितिले कानुनको अबज्ञा गर्दै प्रधानाध्यापक नियूक्ति गरेको भन्दै विवाद सुरु भएको हो । स्थायी वरिष्ट द्धितिय श्रेणी शिक्षक हुँदा हुदै बिद्यालय ब्यवस्थापन समितिले राहत शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निणर्य पछि द्धितिय श्रेणीका स्थायी शिक्षक देवराज न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि निवेदन दिएका छन् । शिक्षा नियमावली २०५९ (संशोधन) सहितको परिच्छेद १७ को नियम ९३ को उपनियम १ र २ अनुसार वरिष्ट स्थायी शिक्षक प्राधानाध्यापक हुने व्यवस्थालाई उलङघन गर्दै रा...

बैतडीको मेलौलीमा आज दिउसेडी मेला लाग्दै

समाचार
कैलाली - बैतडीको मेलौलीमा भगवती मन्दिरमा आज दिउसेडी मेला लाग्दै छ।  मेलौली नगरपालिका –१ स्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा हिजो दे रतेडी लागेको मेला आज दिउसेडी मेला लाग्ने भएको हो। मेलौली नगरपालिकाले मेलाको अवशरमा आज पनि सार्वजनिक बिदा दिइएको छ। हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेलौली भगवती मन्दिरमा मेला लाग्ने गर्दछ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज