
डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित भागेश्वर मन्दिरमा आज राति मेला लाग्ने भएको छ ।
भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिरमा लाग्ने उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ।
समुद्री सतहदेखि २ हजार बढी मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो।
भागेश्वर देवताको दर्शन गर्न सुदुरपश्चिमका नौं वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्।
यस्तै आज राति परेको मेलाका लागि भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।