बझाङ / बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ ।
सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् ।
ढाेका माथि रहेकाे भेन्डिलेटरकाे जाली काटेर ढाेकाकाे चुकुल खाेली भित्र पसेर चक्कु प्राहार गरेकाे पिडित महिलाले बताईन् । उनले भनिन् “म बिरामी भएर गाउँ बाट एक दिन अगाडि मात्र सदरमुकाम चैनपुर आएकी थिए । दाँत दुखेर अाैषधी खाई सुतेकी थिए । जेठाे छाेेरा र कान्छाे छाेरा कराए पछि काे हाे के हाे भनेर चिच्याउदा अज्ञात समुहले आफ्नाे घाँटीमा पनि चक्कु प्रहार गरी बाहिर फरार भयाे ” घाइते महिलाले बताईन् ।

घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ करिव १२ बजेकाे समयमा सुतिरहेको अबस्थामा कोठामा नै गएर चक्कु प्रहार गरीएको घाइतेका श्रिमान कलक बिकले बताउनुभयो ।

भेन्टिलेटरको तारको जालि काटेर मुल ढोकाको चुक्कुल खोलेर भित्र पसेको र एन्ड्राईड मोबाइसमेत लिएर गएको त्यसपछि अगाढि २ छोरालाइ चक्कु प्रहार गरेको र पछि श्रीमतीलाई चक्कु प्रहार गरेको उहाँले बताउनुभयो । अज्ञात समुहहरुले मुखमा मास्क लगाएकाले सुनिता बिकले बताउनुभएको छ । जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले अहिले अनुसन्धानकाे क्रममा दुइ जना युवकलाई समातेको छ । अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय बझाङमा लिई अनुसन्धान भैरहेकाे छ । जसमा घटना घटेकाे स्थानमा डिएसपी जागेश्वर भण्डारी सहित प्रहरी टाेली अनुसन्धानमा छ ।

©️kamanatoday

©️kamanatoday

©️kamanatoday

©️Kamanatoday