Advertisement

धनगढी–दीपायल द्रुतमार्गमा पर्ने ८ पुल अलपत्र

Advertisement

धनगढी–दीपायल द्रुतमार्गका आठ वटा पुल निर्माणको काम अलपत्र पारिको छ। कैलालीको हाटखोलीदेखि डोटीको दीपायलसम्म सडकमा पर्ने आठ वटा पुल निर्माणको काम अलपत्र पारिएको हो। ३३ करोडका ८ वटा पुलको काम अलपत्र पारिएको छ। कैलालीको हाटखोली लगाएतका खोलाका ६ वटा पुलको काम सुरुसमेत भएको छैन। डोटीको गड्सेरा र समूह गाडको पुल निर्माणको काम जारी छ। सबै पुल निर्माणकाे भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ।

धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार मंसिरसम्म पुल निर्माणको अवधि रहेको बताए। पुल निर्माणको समय पाँच महिना मात्र बाँकी रहेको भएपनि ६ वटाको काम सुरुसमेत भएको छैन। पुल निर्माणको काम गरेका निर्माण कम्पनीहरुले तीन करोड २३ लाख रुपैयाँ भुक्तानीसमेत पाएका छैनन्। रकम अभावका कारण पुल निर्माणको काम अलपत्र परेको हो। १६ महिना भित्र पुल निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता गरिएको थियो। ‘एक पुलको सल्याप हालेका छौ। एक पुलको सल्याप हाल्ने तयारीमा छौ। हाटखोलीको पुलको ठेकेदार भागेका छन्। एक खड्सेरामा हो। एक समूह गार्डमा हो। पुलहरुको २० प्रतिशत मात्र काम पूरा भएको छ,’ उनले भने।

सडकको ग्राभेल वर्षाले बगायो
कैलालीको हाटखोलीदेखि डोटीको विपीनगरसम्म सडक ग्राभेल गरिएको थियो। ग्राभेल गरिएको सडकमा यातायात बन्द भएको छ। वर्षाको पानीले ग्राभेल बगाएकाले सवारी सञ्चालनमा समस्या देखिएको हो। ९२ प्रतिशत भौतिक प्रगति भएको ग्राभेलको ठेक्काको म्याद गत असारमा सकिएको छ। तर नेपाल सरकारले मंसिरसम्मका लागि पुनःम्याद थप गरेको छ। 

निर्माण कम्पनीले भत्किएको ग्राभेल मर्मत गर्ने छ भने बाँकी रहेको काम पूरा गरेर सडक हस्तान्तरण गर्ने छ। खोलामा तथा खोलाका किनार तिर सडक बढी बिग्रीएको धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। 

डोटीमा ६ किलोमिटर सडक कालोपत्र
धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैसाखमा ठेक्का सम्झौता भयो। धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दीपायल–बाजमोर्ड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो। थप डोटीमा ६ किलोमिटर र १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो। 

चार खण्डमा सडक कालोपत्रको काम सुरु भएकोमा डोटी खण्डको ६ किलोमिटर मात्र कालोपत्रको काम सकिएको छ। धनगढी–दीपायल द्रुतमार्ग कालोपत्रको ८० प्रतिशत काम पूरा भएको हो। रैखालाका अनुसार डोटीमा ६ किलोमिटर मात्र कालोपत्र गरिएको छ। धनगढी खण्डमा कालोपत्रको तयारीमा गरिएको छ। उनले भने, ‘सडकको ८० प्रतिशत काम पूरा भएको छ। नायँ काम भएको छैन। दीपायलमा ६ किलोमिटर काम पूरा भयो। धनगढी खण्डमा मंसिरसम्म काम सकिन्छ।’

 

उनका अनुसार सडक निर्माण गरेका निर्माण कम्पनीले सात करोड ५० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ। बजेट नभएकाले सडक निर्माणको काममा समस्या भएको हो। चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ। बर्खाका कारण काम रोकिएको छ।

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बंलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण निर्माण कम्पनीले भुक्तानी पाउन सकेका छैनन्। ( कमल साउँद – दिनेश खबर)

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज