प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको विवरण सार्वजनिक गरेको हो।
प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएकामध्ये मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई नेपाल सरकारको मन्त्रीसरह सेवासुविधा दिइएको छ। त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जनाले राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ।
मन्त्री तथा राज्यमन्त्रीसरह सेवासुविधा पाउने सचिवालयका सदस्यलाई प्रधानमन्त्री कार्यालयले गाडी र चालक सुविधासमेत उपलब्ध गराउने गरेको छ।
सांसद थपलियाले प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवास...











