Advertisement

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

Advertisement

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गरेका छन्।
एक विशेष समारोहबीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम, वडा नं. १ का अध्यक्ष डबल दियाकोटी, चौमाला बहुमुखी क्याम्पसका अध्यक्ष दिनेशराज जोशी, युवा व्यवसायी चक्र रावल, जनक मल्ल, नरेन्द्र स्मृति प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रताप सिंह, उमेश जोशी लगायतको उपस्थिति थियो।
फार्ममा माछापालन, बाख्रापालन, कुखुरापालनसँगै विभिन्न कृषि उत्पादनसम्बन्धी गतिविधि सञ्चालन गरिने सञ्चालक किरण मल्लले जानकारी दिए।
कृषि, पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा जोडेर उपलब्ध स्रोतको अधिकतम उपयोग गर्ने अवधारणासहित फार्म स्थापना गरिएको मल्लले बताए। उनका अनुसार फार्मले स्थानीयस्तरमा आधुनिक कृषि प्रविधिको प्रयोग, रोजगारी सिर्जना, व्यावसायिक कृषि विस्तार तथा दिगो कृषि विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।
एकीकृत कृषि प्रणालीमार्फत स्थानीय कृषकलाई आधुनिक तथा व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यसमेत फार्मको रहेको सञ्चालक मल्लले बताए।
उद्घाटन कार्यक्रममा राजदूत बास तथा उहाँको परिवारको सहभागितालाई फार्म सञ्चालक पक्षले विशेष महत्त्वका साथ लिएको जनाएको छ। कार्यक्रममा उपस्थित अतिथिहरूप्रति सञ्चालक पक्षले धन्यवाद तथा आभारसमेत व्यक्त गरेको छ।
सञ्चालक मल्लका अनुसार फार्मको उद्घाटनसँगै गौरीगंगामा आधुनिक, व्यावसायिक र एकीकृत कृषि प्रणालीको अभ्यास विस्तार गर्ने नयाँ यात्राको सुरुवात भएको छ। आगामी दिनमा फार्मलाई कृषि, पशुपालन र मत्स्यपालनको एकीकृत नमुना फार्मका रूपमा विकास गर्दै लैजाने योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज