धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ । पालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गते सोमबारका दिन सार्वजनिक विदा दिएको हो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रावतको हस्ताक्षरित सूचनामा भनिएको छ, यश पालिकाको गौरव मौलिक धार्मिक एवम् सांस्कृतिक पर्व बिर्सती मेला २०८३ को अवसर विदा यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्ने सम्पूर्ण सरकारी तथा शौक्षिक संस्थाहरुमा सार्वजनिक विदा हुने व्यहोरा सूचित गरिन्छ ।


