Advertisement

हाम्रो बारेमा

आजको मौसम : केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

आजको मौसम : केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ। यस्तै, हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।...
बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

बझाङमा प्रहरीका पीडा: आफ्नै भवन नहुँदा टहरा र भाडाका घरबाट सेवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी नै बझाङमा सुरक्षित र व्यवस्थित कार्यस्थलको अभावमा सेवा दिन बाध्य भएको छ । सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा प्रहरी संगठनका आफ्नै भवन पर्याप्त नहुँदा अधिकांश प्रहरी कार्यालय भाडाका घर, जीर्ण संरचना तथा अन्य सरकारी कार्यालयमा सञ्चालन भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मातहत रहेका ३२ प्रहरी इकाइमध्ये १९ वटा प्रहरी कार्यालय तथा अस्थायी प्रहरी पोस्ट अझै पनि आफ्नै भवनविहीन छन् । तीमध्ये धेरैजसो कच्ची तथा जीर्ण भवन, जस्तापाताले छाएका टहरा वा भाडाका घरबाट सञ्चालन भइरहेका छन् । भवन अभावमा सञ्चालन भइरहेका इकाइमा इलाका प्रहरी कार्यालय दुर्गाथली, प्रहरी चौकी लासी, विमानस्थल सुरक्षा गार्ड, प्रमुख जिल्ला अधिकारी निवास सुरक्षा गार्ड, अस्थायी प्रहरी पोस्ट बागथला, केदारस्युँ गाउँपालिका झोता, बुङ्गल बिजगडा, बुङ्गल ११ प...
डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले आज अनसन तोडेका छन्। सहमतिअनुसार गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३०० शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाइने भएको छ। साथै, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी तथा जनशक्ति भर्ना, पाठ्यक्रम स्वीकृति र अन्य शैक्षिक तयारी तत्काल पूरा गर्ने सहमति भएको छ। त्यस्तै, ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदलगायतका सम्पूर्ण व्यवस्था तत्काल गर्ने सहमति भएको छ। विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्तिसहितका विषयमा आवश्यक संशोधन प्रक्रिया संघीय संसद्को चालु अधिवेशनबाटै अघि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने सहमति पनि भएको छ। नेपालमा सञ्चालित चिकित्...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, दुर्गाथली गाउँपालिका–४ का जनेश्वर जोशी नेपाली जनसम्पर्क समिति भारतको १०औँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। विगत धेरै वर्षदेखि भारतको बेङ्लोरमा बसोबास गर्दै आउनुभएका जोशी प्रवासी नेपालीहरूको हक, हित र अधिकारका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले सामाजिक एकता, संगठन सुदृढीकरण, मानवीय सेवाका अभियान तथा नेपाली समुदायलाई एकसूत्रमा बाँध्ने कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको छ। राजनीतिक र सामाजिक सक्रियतासँगै जोशी वैदिक पण्डित तथा ज्योतिषका रूपमा पनि लोकप्रिय हुनुहुन्छ। धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सेवामार्फत हजारौँ नेपाली परिवारसँग प्रत्यक्ष सम्बन्ध ...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन भइरहेका सवारीसाधनको नियमित निगरानी बढाउनुका साथै क्षमताभन्दा बढी यात्रु बोक्ने, व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारीसाधनमा यात्रु ओसारपसार गर्ने तथा सवारीसाधनका सिसामा कालो स्टिकर लगाउने कार्यमाथि निगरानी बढाएको हो। ट्राफिक प्रहरीका अनुसार सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्दा तथा सिसामा कालो स्टिकर लगाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो। आइतबार जिल्ला सदरमुकाम चैनपुरमा गरिएको अनुगमनका क्रममा १२ वटा सवारीसाधनमा अनधिकृत रूपमा राखिएका सिट तथा हुट हटाइएको छ। यस्तै, दुईवटा सवारीसाधनका सिसामा लगाइएका कालो स्टिकरसमेत हटाइएको ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी, व्यक्तिगत प्रयोजनका लागि ख...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जेपी अग्रवाल, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डा. केसीसँग भेट गरी वार्ता सुरु गरेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार अनशनस्थल कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य परीक्षण तथा निगरानीका लागि फिजिसियन डा. गजेन्द्र दुवालको नेतृत्वमा चिकित्सकको टोली खटिएको छ। यसैबीच, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले डा. केसीले उठाएका विश्वविद्यालयका पदाधिकारी नियुक्तिसम्बन्धी विषयमा सम्बन्धित निकायले स्पष्ट पार्न आग्रह गरेको छ। समिति...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपालिकाको सभाहलमा रेश नेपाल संस्थाको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष निशा धामीको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत, सदस्य वितरण, संस्थाको अवस्था, उदेश्य लगायतका विषयमा अन्तरक्रिया गरिएको थियोे । साधारणसभा कार्यक्रम वार्षिक प्रतिवेदन संस्थाकी उपाध्यक्ष जानकी बोहराले प्रस्तुति गरेकि थिइन् । यस्तै कार्यक्रममा साधारण सदस्यता तथा आजीवन सदस्यता वितरण समेत गरिएको छ । संस्थाको सदस्यता १ सय भन्दाबढीले लिएको संस्थाकी अध्यक्ष धामीले जानकारी दिइन् । गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्था प्रति आस्थावान समाजसेवी बुद्धिजीवी, संस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियोे । यस...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। यस्तै, गण्डकी र मधेस प्रदेशको नेतृत्वबारे भने सहमति जुट्न बाँकी छ। लिखित सहमतिअनुसार ती प्रदेशमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिनेछ। यससँगै एमालेले तीन र नेकपाले दुई प्रदेश सरकारको नेतृत्व गर्ने गरी दुई दलबीच सहकार्यको औपचारिक आधार तय भएको छ।...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते भएका जोशीपुर गाउँपालिका-२ का १५ वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नदीमा डुबेर घाइते भएका चौधरीलाई सँगै गएका धनगढी उपमहानगरपालिका-७ धुइयाघाटका १७ वर्षीय अर्मान राना र सोही वडाको मोतीचोकका १७ वर्षीय किशोर थापाले धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएका थिए। उनको साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक चौधरी हाल धनगढी उपमहानगरपालिका-७ मनहरामा कोठा भाडामा लिएर बस्दै आएका थिए।...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। हाल कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि देशका बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली र तराईमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण ...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्रदान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका तथा जलवायु परिवर्तन स्थानीय अनुकूल परियोजना (एलएसिसि) को संयुक्त आयोजनामा सो ५ दिने तालिम प्रदान गरिएको हो । असार ३१ गतेदेखि साउन ३ गतेसम्म सञ्चालन गरिएको तालिममा समुहका पदाधिकारीलाई स्थानीय रूपमा उत्पादित गोलभेडालाई प्रशोधन गरी बजारमा बिक्रीयोग्य तथा गुणस्तरीय वस्तुमा रूपान्तरण गर्ने व्यावहारिक तथा प्राविधिक सीप हासिल गरेका परियोजना जलस्रोत प्राविधिक दलबहादुर कठायतले जानकारी दिए। तालिममा स्थानीय १८ जना महिला र २ जना पुरुष गरी २० जना सहभागी भएका थिए। सहभागीहरूले तालिमका क्रममा गोलभेडा प्रशोधन, सस तथा चट्नी निर्माणलगायतका विषयमा प्रयोगात्मक ज्ञान तथा सीप प्रदान गरिएको थियो। स्थानीय उत्पादनलाई कच्चा पदार्थका रूपमा मात्र बि...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भएको छ। नेपाल अर्गानिक घरको मुख्य प्रायोजनमा प्रतियोगिता आगामी साउन १६ र १७ गते मध्यपुर थिमीस्थित याल फुटसलमा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिता साउन १६ गते बिहान ७ बजेदेखि सुरु हुनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश घर भई हाल काठमाडौं उपत्यकामा रहेका खेलाडी तथा फुटसल क्लबलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले २५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टोलीका लागि ५ हजार ५५५ रुपैयाँ दर्ता शुल्क तोकिएको छ। टिम दर्ता तथा प्रतियोगितासम्बन्धी जानकारीका लागि संगम शाहीको ९८४३८६२५६२, स्वदेश ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज