Advertisement

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

Advertisement

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरासहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेको हो।
ज्ञापनपत्रमार्फत पहिरोका कारण क्षतिग्रस्त पदमार्गलगायत स्थानीय संरचनाको पुनर्निर्माण गर्न तथा भविष्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
गाउँपालिका अध्यक्ष बोहराका अनुसार मुख्यमन्त्री भट्टले प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारले गर्न सक्ने आवश्यक सहयोग तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ। साथै, सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोगका लागि निर्देशन दिने बताउनुभएको बोहराले जानकारी दिनुभयो।
पहिरोका कारण भट्टार बस्तीका स्थानीय प्रभावित हुनुका साथै आवतजावतमा प्रयोग हुने पदमार्ग तथा अन्य संरचनामा समेत क्षति पुगेको छ। गाउँपालिकाले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङमा ट्याक्टर दुर्घटना, चालकसहित ६ जना घाइते

बझाङ- जयपृथ्वी नगरपालिका–११ सिमभाडीमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुदू...
महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव फेला

कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ। असोज २४ गते चुँडिएको नेप...
सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

सुदूरपश्चिममा बजेटप्रति असन्तुष्टि, एमालेका प्रदेशसभा सदस्य थापाद्वारा राजीनामा

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरबहादु...
भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन

काठमाण्डौ- गएको भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज