राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप
बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिका अधिवेशन नै नगरी जिल्ला नेतृत्व चयन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका छन्। आवश्यक प्रक्रिया र सूचनाबिनै वैधानिक मापदण्डविपरीत जिल्ला नेतृत्व चयन गरिएको भन्दै आलोचना र विरोध सुरु भएको हो।
राप्रपाका नेता किशोर भण्डारीले २५ सदस्यीय जिल्ला समितिमध्ये ४–५ जनाले मात्रै हस्ताक्षर गरेर अवैधानिक रूपमा अधिवेशनको नाटक गरिएको आरोप लगाए। उनले भने, ‘तल्ला कमिटीहरूको अधिवेशन नै नगरी केही व्यक्ति मिलेर नेतृत्व चयनको नाटक गरेका छन्। यो अवैधानिक प्रक्रिया हामीलाई कुनै हालतमा मान्य छैन।’
त्यस्तै, राप्रपा पर्यटन विभागका केन्द्रीय सदस्य किशोर खड्काले पारदर्शी र प्रक्रियागत ढङ्गले अघि बढ्नुको साटो कसैलाई जानकारी नदिई ‘झ्यालबाट’ अधिवेशन गरिएको आरोप लगाए। उनले भने, ‘संग...




