Advertisement

हाम्रो बारेमा

अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

अनेरास्ववियु बझाङद्वारा सदस्यता वितरण अभियान सुरु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ । संगठनलाई मजबुत बनाउने उदेश्यले अनेरास्ववियु बझाङले उक्त अभियान बझाङ जिल्लाका विभिन्न क्याम्पसहरुमा सुरु गरेको हो । बझाङका क्याम्पसहरुमा पहिलोपटक उक्त अभियान शुरु गरेको सेती क्याम्पस बगडगाउँका स्ववियु सभापती लक्ष्मण गिरीको भनाइ छ । साउन ४गतेबाट बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित जयपृथ्वी बहुमुखी क्याम्पसबाट अभियान सुरु गरिएको थियो । अनेरास्ववियु बझाङका इन्चार्ज तथा अनेरास्ववियुका केन्द्रिय सदस्य दिल बहादुर खातीले अभियानको सुरुवात गरेका हुन् । कार्यक्रममा बोल्दै खातीले अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताए । अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बन्चित भएको बताउँदै उनले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले संगठन विस...
योग्यता तोकेर केन्द्रिय बिभागमा लिने रास्वपाको निर्णय विवादमा

योग्यता तोकेर केन्द्रिय बिभागमा लिने रास्वपाको निर्णय विवादमा

राजनीति, समाचार
चाहिँ कहाँ पढेर कसलाई आवेदन हाल्नुभएको थियो, यसमा जनताले प्रश्न गर्नुपर्ने देखिन्छ । राजनीति गर्न डिग्री होइन, जनाधार र देशलाई हाँक्ने विचार हुनुपर्छ । र, त्यो विचार डिग्री गरेर मात्रै आउँदैन भन्ने कुरा जनताले प्रस्टसँग भन्न सक्नुपर्छ ।’ सामाजिक सञ्जालमा पनि कतिपयले रास्वपाको यो निर्णयमाथि व्यंग्य गरेका छन् । ‘अनि भोट हाल्नलाई के योग्यता अनि कति पढेको, कस्तो असाधारण खुबी भा’को चाहिने रै’छ, त्यो त स्पष्ट भएन त ? कि भोटचाहिँ अनपढकै चल्छ रास्वपा सभापतिज्यू ?’ ट्विटर प्रयोगकर्ता मिनु कँडेलले प्रश्न गरेकी छिन् ।  प्रवक्ता भन्छन्– जान्नेलाई नै छान्ने होरास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल भने पार्टीको विभाग पूर्णतः राजनीतिक प्रकृतिको समिति नभएकाले विज्ञहरूको खोजी गरिएको दाबी गर्छन् । ‘जान्नेलाई छान्ने हाम्रो पार्टीको नारा नै हो,’ उनले भने, ‘रास्वपाको संगठनात्मक ढाँचामा केन्द्र...
नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)

नेकपा एसमा नेता कार्यकर्ता टिकाउनै गाह्रो, यी हुन् एमालेमा फर्किएका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष (सूचीसहित)

मुख्य समाचार, राजनीति
शनिवार चौताराबाट नेकपा एसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य ठूलो टिमसहित एमालेमा फर्किए । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट फेरि एमालेमै फर्किने केन्द्रीय सदस्यहरूको सूचीमा उनी ३० औँ नम्बरमा परेका छन् । यसअघि नै नेकपा एसका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने,उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । यो संख्या बढ्ने क्रममा रहेको नेताहरू बताउँछन् । नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवादमात्र होइन वैचारिक विवाद समेत चर्किएको छ । झलनाथ खनालले वैचारिक रूपमै विमति राखेर सचिवालय बैठकमा घण्टौँ बोलेका छन् । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे भन्छन्– एमालेबाट हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ, अवसरवादीहरू यहाँ...
ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

समाचार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् ।  मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् । यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।...
बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङमा कारागार भित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् ।  ६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् । रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन् । करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दिपक देवार टोपी, सुइटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामाग्री बनाउँछन् । क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए । यसरी उत्पादन गर्ने धागोका सामाग्री बजारमा पनि बिक्री गर्दैआएको उनको भनाई छ । देवार जस्तै हरि टमटाले पनि टोपी बनाएर आयआर्जन गरिरहनुभएको छ । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा टोपी तयार पार्नछन् । टोपी ८ सय रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै धागो बाट बन्ने सामाग्री बनाएरै आफूहरुले...
भारतको उत्तराखण्डमा  गएकाे पहिरोमा परि एकै परिवारका सातसहित १३ जना नेपाली बेपत्ता

भारतको उत्तराखण्डमा गएकाे पहिरोमा परि एकै परिवारका सातसहित १३ जना नेपाली बेपत्ता

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
भारतको उत्तराखण्ड प्रदेशमा रहेको गौरीकुण्डमा गएकाे पहिरोमा परेर कम्तीमा १३ जना नागरिक बेपत्ता भएका छन् । पहिराेमा परेर जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ३ चौर गाउँका एकै परिवारका ७ जनासहित कम्तीमा १३ जना बेपत्ता भएका हुन्।  बेपत्ता हुनेहरु हुम्ला र जुम्लाका रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोले उनीहरू बसेको होटल बगाएकाे हाे । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको छ । जुम्लाको पातारासी गाउँपालिकाका उपाध्यक्ष जुनमाया रोकायाले वडा नम्बर २ र ३ का गरी ११ जना हराएका जानकारी आएको र थप बुझ्ने काम भइरहेको बताउनुभयो । जुम्लाकी सांसद कान्तिका सेजुवालले दिल्लीमा रहेको नेपाली दूतावासमा १६ जना नेपाली हराएको जानकारी आएको थाहा भएको र थप पुष्टि गर्ने काम भइरहेको बताउनुभयो । यसैबीच गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परि बेपत्ता भएका ने...
बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन गरीयो

खेलकुद, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा खेलकुद महासंघ जिल्ला कार्यसमिति पुनर्गठन भएको छ । विहिबार नेपाल खेलकुद महासंघका निबर्तमान केन्द्रिय सदस्य दिनेश रोकायाको अध्यक्षतामा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु चन्दको प्रमुख आथित्यमा खेलकुद महासंघ जिल्ला कार्य समिति पुर्नगठन भएको हो ।महासंघको भेलाबाट नरेन्द्र बहादुर दौल्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । कार्यसमिति उपाध्यक्षमा सुरेश बहादुर सिहं, महिला उपाध्यक्षमा आरती भण्डारी चयन हुनुभएको छ । यस्तै सचीवमा प्रदिप कुमार खड्का, सह–सचीवमा पदम बहादुर खड्का र कोषाध्यक्षको जिम्मेबारी लक्ष्मी साउदले पाउनु भएको छ । खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका निवर्तमान अध्यक्ष श्याम जोशीको कार्यकाल सकिएपछि नयाँ कमिटी बनाइएको खेलकुद महासंघ जिल्ला कार्यसमिति बझाङका सचीवमा प्रदिप कुमार खड्काले जानकारी दिनुभयो । अहिले शुदुरपश्चिमका पहाडी जिल्ला दार...
सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ दिउँसो भारी वर्षा

मुख्य समाचार, सुदूरपश्चिम
देशका केही भू–भागमा आज पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागको केही स्थानमा र बाँकी क्षेत्रको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।  विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका के...
रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

रास्वपा बझाङका संयोजक खड्काको निलम्बन फुकुवा

बझाङ, मुख्य समाचार, राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ । पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका उनलाई जिल्ला संयोजकबाट हटाइएको थियो । पार्टीले गरेको छानविनका क्रममा खड्का दोषी नदेखिएकाले पदमा पुर्नबहाली गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ता विच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । खत्री पार्टीमा फर्कन चाहेर सोही अनुुसार योगदान गरेको पुष्टि भए तिन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए । यसैबीच बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । नियमावली पारित भएसँगै पार्टी हित विपरित कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए ।...
सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

सरकारले नचाहेको भए यो सुन पनि समातिँदैन थियो : प्रवक्ता शर्मा

मुख्य समाचार, राजनीति
सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नचाहेको भए भन्सार पास भएर बाहिरिएको तस्करीको सुन समात्न नसकिने बताएकी छन् ।  बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी शर्माले सरकार सुन तस्करीको छानबिनमा सरकार दृढतापूर्वक उभिएको दाबी गरिन् । ‘यो विषयमा सरकार दृढतापूर्वक उभिइसकेको छ । सरकारले नचाहेको भए सम्भवतः यो सुन पनि समातिने थिएन । त्यसैले सरकारले नै छानबिन गरिरहेको अवस्थामा र सरकारको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभाग हो । त्यो विभागले आफ्ना काम र प्रक्रिया अघि बढाइरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘तस्करीको रुट कजसम्म हामी पुग्छौ भनेर कमिटमेन्टसहित नेतृत्व लागिरहेको छ ।’  मन्त्री शर्माले सरकार र राजनीतिक नेतृत्व यस्तो प्रतिबद्धतासहित लागेका बेलामा प्रतिपक्षले भनेजस्तो फेरि अर्को छानबिन समिति बनाउँदा विषयान्तर हुनसक्ने बता...
नागरिक उन्मुक्तीका २ र काँग्रेसका १ मन्त्रीले खाए सपथ

नागरिक उन्मुक्तीका २ र काँग्रेसका १ मन्त्रीले खाए सपथ

कैलाली, राजनीति, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सरकारमा तेस्रो पटक मन्त्रीमण्डल बिस्तार भएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल बिस्तार गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका शिवराज भट्टलाई र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई नियुक्त गरेका हुन। यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको छ। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका हुन्। यस्तै राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्रीले सपथ खुवाएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए भने रामेश्वर कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । मा...
उद्धवलाई मुख्यमन्त्री बनाउन सभामुख त्यागेका बाबुरामले पाए शक्तिशाली मन्त्रालयको जिम्मा

उद्धवलाई मुख्यमन्त्री बनाउन सभामुख त्यागेका बाबुरामले पाए शक्तिशाली मन्त्रालयको जिम्मा

राजनीति, समाचार
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री थापाले पद तथा गोपनियताको शपथ लिएसँगै ३ जना मन्त्री नियुक्त गरेका छन् । थापाले आज नपाली कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका हुन् । आज मन्त्रीमा नियुक्त गौतम कोशी प्रदेशका निवर्तमान सभामुख हुन् । उनले हिजो मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन सभामुख पदबाट राजीनामा दिएका थिए । थापालाई मुख्यमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका गौतमले प्रदेशको सबैभन्दा शक्तिशाली मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई मन्त्री बनाउने निर्णय...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज