सुन पसलमा आगलागी हुँदा २८ जना घाइते, तीनको अवस्था गम्भीर
धनगढी - मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् ।
लक्ष्मीपूजाको राति कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीय घटनामा घाइते भएका हुन् ।
आगलागीमा परेर घाइते हुनुभएका कुमार तामाङ, सुमन चौधरी र तारामणि लिम्बूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ ।
आगलागी नियन्त्रणको प्रयासमा जुटेका सुरक्षाकर्मी र स्थानीय तथा आगलागी भएपछि बाहिर जम्मा भएका स्थानीयलाई आगोको लप्काले भेट्टाएको थियो । सुन पसलभित्रको ग्यास सिलिण्डर बिष्फोट हुँदा आगोको लप्का बाहिर निस्किएको र त्यसले धेरैलाई घाइते बनाएको प्रहरीको अनुमान छ ।
आगलागीबाट घाइते भएकाहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्काल पहल गरेको छ ।
आगलागीमा परी नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र ...



