
धनगढी – भारतीय बजार वन गाउँमा एक नेपाली युवक कुटिएका छन्।
किनमेलका लागि वन गाउँ पुगेका २३ वर्षीय झलक कुँवर कुटिएका हुन्।
उनलाई कपडा पसल सञ्चालकले टाउकोमा हानेको पीडित कुँवरले बताए। आफूले लुगा किन्दा नेपालभन्दा महँगो भएको भनेपछि व्यापारीले आफूलाई आक्रमण गरेको उनको गुनासो छ।
वन गाउँका सबै पसलका व्यापारी मिलेर आफूलाई कुटपिट गरेको उनले बताएका हुन्। यसरी नै भारतीय व्यापारीबाट कुटिने र बाटोमा अन्य भारतीयबाट लुटिने गरेका घटना विभिन्न समयमा सार्वजनिक हुँदै आएका छन्।