कैलाली : कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ मा वडास्तरिय फुटबल प्रतियोगिता लगाएत विभिन्न खेलकुद कार्यक्रम सम्पन्न भएको छ । शुभ दिपावली तथा छठ पर्वको अवसरमा जोशीपुर गाउँपालिका वडा नं ३ ले आयोजना गरेको खेलकुद कार्यक्रम आज सम्पन्न भएको हो ।
वडा स्तरिय खेलकुद विकास समितिका अध्यक्ष जंग बहादुर डगौराको सभापतित्वमा तथा वडाध्यक्ष रेनु कुमारी डगौराको प्रमुख आथित्यतामा यहीँ कार्तिक २० गतेदेखि उक्त खेलकुद प्रतियोगिता सुरु भएको थियोे । प्रतियोगिताको फुटबल तर्फ भित्रिया टिम प्रथम, बन्जरिया टिम दृतिय र रामनगर टिम तृतीय भएको छ ।
ब्याटमिन्टन तर्फ विकास कठरिया र राजकुमार चौधरी ( लक्कड/ मनिकापुर ) प्रथम, अमित बडायक र अमन डगौरा ( भंगैया ) दृतिय र सुरेश चौधरी र टिकाराम चौधरी (भंगैया) ले तृतीय स्थान हात पारेका छन् । यस्तै वडास्तरिय महिला भलिबल तर्फ फाडिया टिम प्रथम, भंगैया टिम दृतिय र भित्रिया टिम तृतिय बनेको आयोजकले जनाएको छ ।
पाँच दिनसम्म चलेको उक्त प्रतियोगितामा कार्यक्रम संचालन भने खेल संयोजक समेत रहेका राहुल बुढाले गरेका थिए ।

