धनगढीमा काँडेतारको च्यारिटी सो बाट सङ्कलित रकम गोविन्द गौतम परिवारलाई
कैलाली - नेपाली चलचित्र काँडेतारको धनगढी च्यारिटि सो बाट सङ्कलित रकम सहिद गोविन्द गौतकको परिवारलाई उपलब्ध गराइने भइएको छ ।
भारतीय अतिक्रमण र ज्यादतीको विरुद्ध आन्दोलन गरिरहेका बेला २०७३ फागुन २३ गते भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गौतकको ज्यान गएको थियो ।
भारतीय अतिक्रमण र ज्यादतीको विरुद्धमा काँडेतार चलचित्र बनाएको भन्दै धनगढीको विशेष सोबाट सङ्कलन गरिएको रकम उनको परिवारलाई दिने निर्माता\निर्देशक नबल खड्काले जानकारी दिए ।
माघ २० गते धनगढीमा काँडेतार चलचित्रको च्यारिटी सो हुने लागेको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी काँडेतार टिमले तयारीबारे जानकारी दिएको हो ।
‘ २० गते हामीले धनगढीमा च्यारिटी सो गर्दै छौँ । त्यहाँबाट सङ्कलन भएर बचेको पैसा हामी गोविन्द गौतम परिवारलाई हस्तान्तरण गर्छौ’ निर्माता\निर्देशक खड्काले भने, ‘ हाम्रो चलचित्र सीमा र...




