Advertisement

हाम्रो बारेमा

आजको मौसम : सुदूरपश्चिमका केहि स्थानमा हल्का वर्षा

समाचार
काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ 

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका-१ स्थित माहाकाली नदिमा निर्माणाधिन पक्कि पुलबाट अबैध कोडिन नामक १०० एमएलको ५ बोतल लागूऔषधसहित शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने २१ वर्षीय निर्मलकुमार सुनार र पुनर्वास नगरपालिका-७ बस्ने ३० वर्षीय बलराम सुनार आईतवार साँझ पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरुले प्रयोग गरेको मोटरसाईकल भित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।...

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका, भन्छिन्- सांगीतिक यात्रा भर्खर सुरु भयो

समाचार
काठमाडौं - नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो । मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् ।  उनी लेख्छिन्- मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’ मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । ‘म सबैजनालाई आश्वस्त तुल्याउन चाहन्छु कि मैले पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन दिन सक्नेछु ।’ उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् । यो वर्षभरि नै आफ्नो पाइपलाइनमा संगीतको योजना रहेकोसमेत उनले उल्लेख गरेकी छन् । ‘यो मेरो सुरुवात हो, समाप्ती होइन’ उनले लेखेकी छन् । आइडलमा रहँदा उनले ‘सलार’मार्फत भारतीय फिल्म...

कैलालीको गौरीगंगा ५ मा बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

समाचार
गौरीगंगा - देशभरका नगरपालिकाद्वारा सञ्चालनमा रहेको बजार व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम आज गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको छ ।  बजारलाई  कसरी शुद्धीकरण गर्न सकिन्छ र उपभोक्तालाई कसरी  समय अवधी सकिएका खाद्यान्न वस्तुहरु खरिद गर्नबाट बचाँउन सकिन्छ भन्ने मुख्य उदेश्यका साथ सुरु भएको हो । कार्यक्रमका संयोजक लक्ष्मण जोशीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष विष्णु भाटको सभापतित्व रहेकोे थियो । कुनै पनि व्यापारीले खाद्यान्न वस्तुहरुको मूल्य र समय अवधी अनिवार्य हेरेर मात्र खरिद बिक्री गर्नुपर्ने र त्यो बिपरित छ भने तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गर्न कार्यक्रम संयोजक जोशीले अनुरोध गरेका छन् ।  दोषी ठहरिएका व्यापारीको लाइसेन्स रद्द गरिने अथवा  तोकेबोमोजिम कारबाही गरिने उनले बताए । चाउमिन, पाउरोटी, बेटारे, डोनट जस्ता द...

शेयर बजार साढे ५ अङ्कले घट्याे

समाचार
काठमाण्डाैं – हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ ।  शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ ।  आज मिथिला लघुवित्त र रावा इनर्जी कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । आज ९२ लाख ७२ हजार सात सय कित्ता शेयर तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।...

राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते

समाचार
काठमाण्डाैं - राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ ।  राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।  राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूले संयुक्त उम्मेदवार उठाएका थिए । राष्ट्रिय सभा अध्यक्षको चुनावमा पनि गठबन्धन गर्ने सम्भावना छ ।...

शहिद गोबिन्द गौतमका बुवालाई आर्थिक सहयोग

समाचार
धनगढी - कञ्चनपुरको पुनर्वास सिमा विवादमा परी वीरगति प्राप्त गरेका शहिद गोबिन्द गौतमका बुवालाई आर्थिक सहयोग गरिएको छ ।  राष्ट्रियतावादी काँडेतार चलचित्रको धनगढीमा गरिएको च्यारेटि सो बाट उठेको रकम हस्तानतरण गरिएको हो । भारतसँग सिमा जोडिएको पुनर्वास क्षेत्रमा झडप हुँदा भारतीय पक्षको गोली लागेर गोबिन्द गौतम शहिद भएका थिए । परिवारको आर्थिक अवस्था नाजुक भएको र गोबिन्दको सम्मान स्वरुप रु ५० हजार रकम घरमै गएर हस्तानतरण गरिएको राष्ट्रवादी चलचित्र काँडेतारका निर्माता निर्देशक तथा कलाकार नवल खड्काले बताए । चलचित्र काँडेतारको कथावस्तुले पनि आफ्नो भूमिको रक्षा गर्नुपर्ने र हामीले सिमा क्षेत्रमा काँडेतार बनेर उभिनु पर्ने हुन्छ भन्ने आशय दिएको छ ।  कञ्चनपुरको पुनर्वासका शहिद गोबिन्द गौतमले पनि आफ्नो सिमा सुरक्षा गर्ने क्रममा नै वीरगति प्राप्त गरेकाले देशका लागि ज्यूज्यान दिनेहरुको स...

धनगढीको शिवपुरी धाममा फागुन दुई गतेदेखि महायज्ञ लाग्दै

समाचार
धनगढी - कैलालीको धनगढीमा रहेको शिवपुरी धाममा प्राणप्रतिष्ठा महायज्ञ लाग्ने भएको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी धाममा ११ औं पटक श्रीमद भागवत प्रवचन, मत्स्यपुराण पारायण, महाआरती, अनुमान चालिया हवनात्मव अनुष्ठान गरिने भएको हो। शिवपुरी उत्तररामेश्वरम् ज्योतिलिङ्ग धाम विकास समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २ गतेबाट एक हप्ता प्रवचनसहितको महायज्ञको आयोजना गर्ने बताएको छ।  हरेक वर्ष फागुन २ गते देखि महायज्ञको आयोजना गर्दै आएको धाम व्यवस्थापन समितिका अध्यक्ष बल्देव प्रसाद भट्टले बताए।  उनले महायज्ञमा श्रृगारिक महाआरती, हनुमान चालिसा हवनात्मक अनुुष्ठान, अष्ठचिरन्जीवि प्राण प्रतिष्ठा महायज्ञ हुने बताए। १०८ शिवलिंग स्थापना संकल्प पनि हुने उनले बताएका छन्। महायज्ञमा ब्रम्हनिष्ठ सन्त शिरामणी लोकानन्द स्वामीको प्रवचन, प्रखर पुराणबाचक पुराणो...

राम्रो अनुसन्धान भए औंलामा गन्न सकिने नेता मात्र बाँकी रहन्छन् : लामिछाने

समाचार
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् । अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरु मात्रै जेल गएको टिप्पणी गरे । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने । पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताए । अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए । ...

फेसबुक शुरु भएको २० वर्ष पूरा

समाचार
काठमाण्डौं – अहिले सबैभन्दा धेरै प्रयोगमा रहेको सामाजिक सञ्जाल फेसबुक स्थापना भएको आज २० वर्ष पूरा भएको छ ।  सन् २००४ मा मार्क जुकरवर्गले आफ्ना केही साथीहरुसँग मिलेर फेसबुकको शुरुवात गरेका हुन् । केही विद्यार्थीले दुई दशकअघि अमेरिकामा शुरु गरेको ‘द फेसबुक’ले अहिलेसम्म दर्जनौँ नयाँ डिजाइनहरु परिवर्तन गर्दै आफूलाई अब्बल बनाएको छ ।  अहिले विश्वभर फेसबुकका तीन अर्ब भन्दा धेरै प्रयोगकर्ता छन् । फेसबुककै मातृ कम्पनी मेटा अन्तर्गतको वाट्सएप अहिले विश्वमा प्रयोग भएको दोस्रो सामाजिक सञ्जाल हो ।  मेटाकै इन्सटाग्राम चौथो नम्बरमा छ । संसारलाई अनलाइन सामाजिक गतिविधिको नयाँ युगमा प्रवेश गराएको श्रेय फेसबुकलाई नै जाने प्रविधिविज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

समाचार
धनगढी - सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।  अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।...

सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर

समाचार
कैलाली - नेपाल भारत सीमामा काँडेतार लगाउन दबाब दिन धनगढीमा हस्ताक्षर संकलन गरिएको छ । चलचित्र काँडेतारको च्यारिटी शोको अवसरमा धनगढीमा विशिष्ट व्यक्तिहरूबाट भारतबाट हुने अतिक्रमण रोक्न दबाब दिन हस्ताक्षर गरिएको हो । भारतको सीमा विवादलाईलाई रोक्न नेपाली भूमिमा काँडेतार लगाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको चलचित्रका नायक तथा निर्देशक नवल खड्काले जानकारी दिए ।  एमाले संसदीय दलका उपनेता प्रदेश सभा सदस्य सन्तोस थापा सर्मा, सांसद जानकी ऐर, धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावलले लगायतले काँडेतारको माग गर्दै हस्ताक्षर गरेका हुन् । नेपाल–भारतको सिमा विवादमा आधारित चलचित्र हेर्दै उनीहरुले सीमामा काँडेतारको आवश्यक रहेको बताए । चलचित्र काँडेतार आउँदो फागुन २५ गते देश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज