Advertisement

हाम्रो बारेमा

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

दैनिक, मनोरञ्जन, समाचार
काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।  उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत दिएका थिए । बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दु:खमा आफू साथमै रहेको बताए । सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।...
डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ

घटना, डडेल्धुरा, दैनिक, समाचार, सुदूरपश्चिम
डडेल्धुरामा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।जिल्लाको पर्शुराम नगरपालिका–१ का ५५ वर्षीय भोज नाथ आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनी आलिताल गाउँपालिका–३ डाँडाखर्कमा बाख्रा पालन गर्दै आएका थिए। खानतलासी गर्दा घरभित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले अवैध भरुवा बन्दुक फेला परेपछि नाथलाई नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

लमजुङमा पहिरोले तीन घर बगाउँदा ४ जना बेपत्ता

घटना, मुख्य समाचार
लमजुङ- अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् । स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ । त्यसैगरी गएरातीकै पहिरोका कारण बेसीशहर नगरपालिका-११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याईदै गरेको लमजुङ प्रहरीले जनाएको छ । पहिरोकै कारण बेसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर-६ खरखरेमा पहिरो झरेपछि सडक अवरुद्ध बनेको हो ।...
नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

नेपालमा दूतावास खोल्ने कुवेतको निर्णय

अन्तर्राष्ट्रिय, दैनिक, मुख्य समाचार, समाचार
काठमाडौँ । खाडी मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ । उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ । कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्‍याउने जानकारी दिएको उनले बताए । नेपालको भने कुवेतमा यसअघि नै दूतावास रहेको छ ।...
नयाँ रिलिज ‘दान्भी’ भन्दा तेस्रो सातामा प्रदर्शनरत ‘गाउँ आएको बाटो’ लाई धेरै शो!

नयाँ रिलिज ‘दान्भी’ भन्दा तेस्रो सातामा प्रदर्शनरत ‘गाउँ आएको बाटो’ लाई धेरै शो!

दैनिक, मनोरञ्जन, मुख्य समाचार, समाचार
जेठ २५ गते रिलिज भएको फिल्म 'गाउँ आएको बाटो' तेस्रो सातामा प्रदर्शनरत छ। 'दान्भी' भने गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो। प्रदर्शनको पहिलो दिनका लागि दुवै फिल्मले पाएको शोमा धेरै अन्तर थिएन। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'गाउँ आएको बाटो' लाई भन्दा 'दान्भी' लाई धेरै शो दिएको थियो। गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा १४ र बाहिर २६ शो उपलब्ध गराएको थियो। दान्भीलाई क्युएफएक्सले काठमाडौंमा १६ र बाहिर ३१ शो दिएको थियो। यतिबेला भने पहिलो सातामा प्रदर्शनरत 'दान्भी' भन्दा तेस्रो सातामा चलिरहेको ‘गाउँ आएको बाटो’ ले धेरै शो पाएको छ। बुधबारका लागि गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा ८ शो दिँदा दान्भीलाई ६ शो मात्र दिएको छ। उत्साहजनक शो पाए पनि राम्रो व्यापार गर्न नसक्दा हलले शो घटाएका हुन्। दान्भीले शुक्रबार र शनिबार राम्रै व्यापार गरे पनि त्यसपछि व्यापार...
सरकारि जागिर खानु मात्रै सफलता हो त ?

सरकारि जागिर खानु मात्रै सफलता हो त ?

विचार
राम सरको जिन्दगी त क्या गजबको छ है ? यो कुरा आज बिहान सुरेस चिया पसलमा ४–५ जनाको अधबैसे समुहमा भएको कुरा हो । मेरो मनमा उत्सुकता जाग्यो, को हुन त राम सर ?  यस्तो आर्थिक मन्दीका बिचमा राजनीतिक निरासाले उच्चतम बिन्दु छोएको समयमा राज्यका धेरै सूचकांक निराशाजनक भएको अवस्थामा जसको जिन्दगी क्या गजबको छ । त्यही समुहमा गएर म सोध्न पुगे - को राम सर? एक जना व्यक्तिले राम सरको व्यक्तित्व बर्णन गर्न पुगे अनि एक अनुशासित बिद्यार्थी झैँ म पनि सुन्दै हरेक बर्णनमा टाउको हल्लाउदै मौन समर्थन दिदै बसे  । राम सर नेपाल सरकारका सह–सचिब पदका एक व्यक्ति रहेछन । म अचम्ममा परे एक सरकारी जागिरे ब्यक्ति जो रास्ट्र सेवकको रुपमा आफुलाई परिचय दिन्छन तर त्यही रास्ट्रका हरेक सूचकांकहरु नकारात्मक भइरहेका बेला, बेरोजगारी बढिरहेको बेला, सरकारी तौर तरिकाबाट देशका जनता हैरान भैरहेको समयमा  अनि नैरास्य उच्चतम बिन्दु...
जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

जनप्रतिनिधि को फेरिदो व्यवहार – सचिब ललित सिङ

कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
जनता ले आफ्नो सार्वभौम अधिकार सुम्पिएर सत्ता को बागडाेर समाल्न पठाइएका शासनमा समाहित ब्याक्तिहरु नै जनप्रतिनिधि हुन। नेपालको शासकीय स्वरुपको अधार मा भन्दा बिशेषत;,प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, नगरसभा सदस्यहरु जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन ।जो बैधानिक चुनावी प्रक्रिया को बाटो भइ शासकिय स्थलमा पुगेका हुन्छन् । हरेक स्थान , समुदाय , समाज , क्षेत्र मा रहेका सबै जातजाती , धर्म , सस्कृती ,बर्ग का मानिसहरु को माग , आबस्यकता लाई प्राथमिकता को विषय बनाइ सबै को पहिचान , बिचार समेत ध्यानमा राखी अनेकता मा एकता कायम गरि समृद्धि तर्फ को गन्तव्य तय गर्ने अविभारा पाएको जनप्रतिनिधि पथभ्रष्ट भैरहेको भान जनता लाई महसुस भएको छ । राज्य पुनसर्ंरचना को सवाल सम्बोधन को पहिलो विकल्पको रुपमा स्थापित हुन पुगेको संघीय संरचनाको तल्लो निकाय मा जनप्रतिनिधि ले रजाइँ गर्दैछन् हैकमवाद को दबदबा रहेको छ भ...
कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

दैनिक, मुख्य समाचार, समाचार
उनले यो सरकार किसानको विरोधी भएको टिप्पणी समेत गरे । 'यस्तो कार्यले संघीताको पुष्टि कसरी हुन्छ ? उनले आम जनतालाई मल विउ पुर्‍यान नसक्ने तर, औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो?,' उनले प्रश्न गरे संघीयता विरोधी बजेट ल्याएको आरोप लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली कांग्रेसले जनतामैत्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले संदन अवरुद्ध गरेको हो । दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको,किसान...
अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछामको मंगलसेनमा खरिद ऐनविपरीत ३३ लाख ५८ हजारका औषधि खरिद

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछामको मंगलसेन नगरपालिकाले खरिद ऐनविपरीत औषधि खरिद गरेको छ। नगरपालिकाले सूचना समेत जारी नगरेरै ३३ लाख ५८ हजार ५८४ मूल्यका औषधि खरिद गरेको हो। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उप–नियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशित गरेर तोकिएको विक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ। आपुर्ति हुने औषधि डब्लुएचओ सटीफाइड हुनुपर्ने, औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरेर सम्वन्धित विषय विज्ञबाट मुचुल्का उठाएर राख्नुपर्नेमा त्यस्तो कुनै काम गरिएको छैन्। साथै खरिद गरिएका औषधिको गुणस्तर म्याद सम्बन्धमा एकीन आधार समेत फेला परेको छैन्। औषधिको खर्च घटाउँदा माग फारमको आधारमा घटाउनुपर्नेमा एकमुष्ट घटाउने काम भएको समेत पाइएको छ।...
खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

खडेरीले धनगढीमा पानीको हाहाकार, ट्याङ्करमा बोकेर आपूर्ति गरिदै

कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी उपमहानगरपालिका–१२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयको नल्कामा पानी सुक्यो। विद्यार्थी र शिक्षकहरूलाई खान र शौचालयमा प्रयोग गर्न समस्या भयो। विद्यालयमा तीन सय ८० फिट गहिरो गाडिएका नल्कामा पानी सुकेको हो। विद्यालयमा खानेपानीको नल्का सुकेपछि विद्यार्थीहरूले घरबाट बोतलमा पानी बोकेर आउने गरेका छन्। विद्यालयको शौचालयमा प्रयोगका लागि धनगढी उपमहानगरपालिकाले ट्याङ्करमा पानी पुर्‍याएको छ। खडेरीका कारण विद्यालयमा पानीको हाहाकार भएको हो। सिद्धनाथ माध्यामिक विद्यालयमा कक्षा १० कि विद्यार्थी माया थापाले सबै विद्यार्थीहरूले घरबाट खानेपानी बोतलमा ल्याउने गरेको बताइन। उनले भनिन्, ‘विद्यालयमा पानी छैन। अस्तिसम्म राम्रो थियो। अचेल पानी छैन। विद्यार्थीहरू बाहिरबाटै ल्याउनु हुन्छ। नल्काको पानी सुकेको हो।’ अर्का विद्यार्थी पवन रावतले नगरपालिकाले ट्याङ्करबाट ढुवानी गरेको पानी शौचालयमा प्रयोग गर्दै आएक...
नगर बाल सञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न

नगर बाल सञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न

बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
नगर बाल सँञ्जाल तथा बालक्लवलाई नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका विभिन्न बाल सँञ्जाल तथा बालक्लवका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिएको हाे । जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको हाेटेल केपी प्लाजामा ३ दिन सम्म तालिम दिएको प्राेग्राम अफिस विनाेद थापाले बताउनु भयाे । तीन दिन सम्म सञ्चालन भएको तालिम एवम् गाेष्ठीमा नेतृत्व विकास,बाल अधिकार तथा बाल सँरक्षण सम्वन्धि तालिम दिएको हाे । नेपाली जुटाैँ, बालविवाह राेकाैँ भन्ने मुल नाराका साथ वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाज बझाङकाे आयाेजनामा र जयपृथ्वी नगरपालिकाकाे सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियाे । बझाङको चैनपुरमा सञ्चालन ३ दिने तालिममा बालबालिकालाई नेतृत्व विकास सहित बाल सञ्जालले समाजका लागि खेल्नु पर्ने भुमिकाका विषयमा क्षेमता अभिवृद्धि तालिम ...
बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन

बझाङको दुर्गाथलीमा रष्टिक स्टाेरकाे अनुगमन

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङको दुर्गाथलिमा रष्टिक स्टाेरकाे अनुगमन गरिएको छ । जिल्लाकाे दुर्गाथली गाउँपालीकामा रष्टिक स्टाेरकाे अनुगमन गरिएको हाे । बझाङ जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे आर्थिक सहयाेगमा निर्माण भएको स्टाेरकाे अनुगमन गरिएको हाे । स्थानीयतह दुर्गाथली गाउँपालीका वडा नम्बर ५ काे जार्फीगाउँमा निर्माण भएको रष्टिककाे प्रधानमन्त्री कृषि परियाेजना बझाङ प्रमुख चरित्रराय यादवकाे अध्यक्षतामा दुर्गाथली गाउँपालीका अध्यक्ष दिलबहादुर थापा तुफान प्रमुख अतिथि रहनुभएकाे थियाे भने विशिष्ट अतिथि वडा नम्बर ५ का अध्यक्ष वकिल जप्रेल सहित स्थानीयहरुकाे उपस्थिति रहेको थियाे । निर्माण भएको रष्टिक स्टाेरकाे कुल लागत १४ लाख रहेकाे थियाे भने २ लाख २६ हजार १ सय ९६ रुपैयाँ जनसमुदायको सर्वदान रहेको थियाे । अनुदान भने १२ लाख रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाले एक कार्यक्रम गर्द...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज