Advertisement

नयाँ रिलिज ‘दान्भी’ भन्दा तेस्रो सातामा प्रदर्शनरत ‘गाउँ आएको बाटो’ लाई धेरै शो!

Advertisement

जेठ २५ गते रिलिज भएको फिल्म ‘गाउँ आएको बाटो’ तेस्रो सातामा प्रदर्शनरत छ। ‘दान्भी’ भने गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हो।

प्रदर्शनको पहिलो दिनका लागि दुवै फिल्मले पाएको शोमा धेरै अन्तर थिएन। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘गाउँ आएको बाटो’ लाई भन्दा ‘दान्भी’ लाई धेरै शो दिएको थियो।

गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा १४ र बाहिर २६ शो उपलब्ध गराएको थियो।

दान्भीलाई क्युएफएक्सले काठमाडौंमा १६ र बाहिर ३१ शो दिएको थियो।

यतिबेला भने पहिलो सातामा प्रदर्शनरत ‘दान्भी’ भन्दा तेस्रो सातामा चलिरहेको ‘गाउँ आएको बाटो’ ले धेरै शो पाएको छ।

बुधबारका लागि गाउँ आएको बाटोलाई क्युएफएक्सले काठमाडौंमा ८ शो दिँदा दान्भीलाई ६ शो मात्र दिएको छ। उत्साहजनक शो पाए पनि राम्रो व्यापार गर्न नसक्दा हलले शो घटाएका हुन्।


दान्भीले शुक्रबार र शनिबार राम्रै व्यापार गरे पनि त्यसपछि व्यापारमा गिरावट आएको शो संख्या घटनुले पुष्टि गर्छ। प्राप्त शोमा अग्रिम बुकिङ पनि राम्रो देखिएको छैन।

यता ‘गाउँ आएको बाटो’ भने आफ्नै रफ्तारमा चलिरहेको छ। यो फिल्मसँग एकसाथ प्रदर्शनमा आएको ‘लण्डन टु पेरिस’ केही दिनमै हलबाट हटदा गाउँ आएको बाटोले तेस्रो सातासम्मको यात्रा तय गरेको हो।दान्भी’ मा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्।

रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ।

नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। यसले गाउँको कथा प्रस्तुत गर्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज