महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा
६ भदौ, धनगढी - राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।
‘हामीले साधन स्रोत बढाएर ...








