दिनेश खाती, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले स्कुलका संस्थापक स्मृति दिवसमा क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
हिजो संस्थापक स्मृति दिवसमा घोडाघोडी नगरपालिका वडा नं.१० थेबैका क्यान्सर पिडित पुर्णिमा देवि बमको उपचारका लागि रु तीस हजार आर्थिक सहयोग गरिएको छ । सो रकम विद्यालयका प्र अ युव राज बमले हस्तान्तरण गर्नु भएको हो । पिडित पुर्णिमा देवि बमका ससुरा नैन बहादुर बमले सहयोग गरिदिएको मा धन्यवाद व्यक्त गरेका छन् भने आगामी दिनमा पनी यस्तै सामाजिक कार्य गर्न आग्रह गरेका छन् । त्यस्तै कलम बमको २७ औं स्मृति दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
जसमा निबन्ध लेखन तर्फ ८ जना र वक्तृत्वकला तर्फ ५ जना पुरस्कृत भएको विद्यालयका सहायक प्र अ यानेन्द्र जोशीले जानकारी दिनुभयो । जिल्लाको मध्यवर्ती क्षेत्रको घोडाघोडी नगरपालिका वडा नं.१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल बोर्डिङ स्कुलले उत्कृष्ट शिक्षा दिदै समेत आईरहेको छ ।