Advertisement

हाम्रो बारेमा

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समिति बिस्तारित बैठक सम्पन्न

समाचार
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल सुदूरपश्चिम प्रदेश समितिको बिस्तारित बैठक आज मिति २०८१ पुष २० गते धनगढीमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश अध्यक्ष तप्त भण्डारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरू समाजको महत्त्वपूर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै स्वास्थ्यकर्मीहरूको हक, अधिकार र सुरक्षाका लागि प्रदेश सरकारसँग निरन्तर संवाद गर्न महासंघले अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ ढुंगाना, प्रदेश समिति सदस्य शान्ति भट्ट जोशी, डा. निरज अर्याल, महासंघ केन्द्रीय समिति सदस्य भरत खाती, ईश्वरी भुसाल, महेश भाट, र मिनबहादुर बिक रहेका थिय । राष्ट्रिय फार्मेशि  संगठनका सुदूरपश्चिम अध्यक्ष माहा ...
एथलेटिक्सका ५३ जनालाई तालिम

एथलेटिक्सका ५३ जनालाई तालिम

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ एथलेटिक्स प्रशिक्षक पशिक्षण तथा रेफ्रि तालिम सम्पन्न भएको छ । एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष - पुष्पलाल राेकाया ज्वालाकाे अध्यक्षतामा समापन सुरु भएकाे कार्यक्रमका प्रमुख अतिथि - जिल्ला समन्वय समिति उपप्रमुख किष्ण बिष्ट रहनु भएको थियाे । यहीँ १४ गते देखि सञ्चालन भएको रेफ्रि तालिम २० गते सम्पन्न भएको हाे । तालिममा विभिन्न स्थानीय तहका र विभिन्न विद्यालयका ५३ जनाकाे सहभागीता रहेको थियाे । सात दिन सम्म सञ्चालन भएको तालिममा अन्तरास्ट्रिय स्तरका प्रशिक्षक धनिराम चाैधरी र सुदुरपश्चिम प्रदेशका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जाेशीले प्रशिक्षण जिल्ला समन्वय समिति सभाहलमा दिनु भएको हाे । जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा सञ्चालित ताललिमले आगामी दिनमा स्थानीय तह र जिल्ला स्तरमा हुने खेलकु...
धनगढीको सि.पि अस्पताल र बेलडाँडी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढीको सि.पि अस्पताल र बेलडाँडी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार
  धनगढी, पौष २० – सि.पि अस्पताल, धनगढी र कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलता साथ सम्पन्न भएको छ। बिहान १० बजेदेखि बेलडाँडी गाउँपालिकाको कार्यालय प्रांगणमा सञ्चालन भएको शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण, उपचार, र परामर्श सेवा प्रदान गरेको थियो। विशेषज्ञ टोलीमा वरिष्ठ सर्जन डा. सिपि पाण्डे, जनरल फिजिसियन डा. गौरव कुमार गुप्ता, र हाडजोर्नी विशेषज्ञ डा. अमित बहादुर सिंह लगायतले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा रगत परीक्षण, भिडियो एक्सरे, फार्मेसी सेवा लगायतका निःशुल्क सेवा उपलब्ध गराइएको थियो। शिविरबाट करिब ६०० जनाले ओपीडी सेवा लिएका छन् भने ६० भन्दा बढी बिरामीले भिडियो एक्सरे सेवा प्राप्त गरेका छन्। गरिब तथा विपन्न वर्गका लागि राहत आर्थिक अभावका कारण उपचारबाट बञ्चित ...
बझाङ एमालेलाई महासचिवको सुझाव- एकतावद्ध भएर अघि बढ्नुहोला

बझाङ एमालेलाई महासचिवको सुझाव- एकतावद्ध भएर अघि बढ्नुहोला

समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बझाङ जिल्लाको नवनिर्वाचित कमिटीलाई एकतावद्ध भएर अघि बढ्न सुझाव दिएका छन्। भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुभकामना र बधाई दिँदै महासचिवले पार्टी बलियो बनाउनेगरी लाग्न सुझाव दिएका हुन् ‘हाल जिल्ला कमिटीमा नयाँ नेतृत्व आएको छ। पार्टी निर्देशनलाई अक्षरशः पालना गर्नु आवश्यक छ, जसले पार्टीलाई अझ बलियो बनाउँछ,’ महासचिव पोखरेलले भने, ‘पार्टी बलियो एकतावद्ध भएर अघि बढुनुहोला’ उनले नयाँ नेतृत्वलाई पार्टीका योजना र रणनीतिहरू तयार गर्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका थिए। पालिका अधिवेशन फागुन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै उनले युवा नेतृत्वले पुराना नेताहरूको अनुभवको सुनेर योजना तथा रणनिति अपनाउन जोड दिए। महासचिव पोखरेलले पार्टीको जिम्मेवारी पूरा गर्न सहकार्य र सल्लाहलाई ...
कैलालीमा लागू औषधसहित १० जना पक्राउ

कैलालीमा लागू औषधसहित १० जना पक्राउ

समाचार
कैलाली जिल्लामा प्रहरीको कर्डन एण्ड स्विप अपरेसनअन्तर्गत लागू औषध कारोबारमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, र विभिन्न स्थानबाट लागू औषधसहित उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले विभिन्न स्थानमा अपरेशन गरी ८ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ। पक्राउ र बरामद भएका स्थानहरू 1.धनगढी उपमहानगरपालिका-०२, भन्सार नजिक •खैरो हेरोइन: ६ ग्राम १८० मिलिग्राम •पक्राउ: मोहन राना (३४), कञ्चनपुर कृष्णपुर नपा-०७ 2.धनगढी उपमहानगरपालिका-१०, घुईयाघाट •खैरो हेरोइन: ८४० मिलिग्राम •पक्राउ: प्रभुपन राना (२५) र अमन राना (१८), कैलाली धनगढी नपा-०७ 3.टीकापुर नगरपालिका-०२, आखाँ अस्पताल नजिक •खैरो हेरोइन: ८० मिलिग्राम •पक्राउ: विक्रम ...
कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

कैलालीमा रु. ४.११ लाख बराबरको अवैध मालसामान बरामद

समाचार
  कैलाली, पुस २० जिल्लाको विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ४ लाख ११ हजार ७५० बराबरको अवैध मालसामान प्रहरीले बरामद गरी भन्सार कार्यालय पठाएको छ। फुलबारीमा मोबाइल ग्लास, साडी र प्याज बरामद वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ७ स्थित फुलबारी बसपार्कबाट अन्दाजी रु. २ लाख ६७ हजार ७०० मूल्य बराबरका विभिन्न मोबाइलका ग्लास, साडी र प्याज बरामद गरेको छ। टिकापुरमा सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद त्यसैगरी, प्रहरी चौकी सत्तीबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले टिकापुर नगरपालिका वडा नं. ७, डाँडाबोझीबाट अन्दाजी रु. १ लाख ३५ हजार ५०० मूल्य बराबरका सुर्तिजन्य पदार्थ र मोटरसाइकल बरामद गरेको छ। बिशालनगरबाट युरिया मल, चिनी र पानिपुरी फेला त्यसैगरी, अस्थ...
तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

तेलंगाना राज्यको हैदराबाद बाट कैलाली कि १४ बर्षकी अरुणा बिष्ट सम्पर्क बिहिन – कामना टुडे

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
भारत - कैलाली जिल्ला घोडाघोडि नगरपालिका वाडा न :३ घर भयका हाल भारतको तेलङ्गाना राज्यको हैदराबाद मा काम गर्दै आउनु भयका पदम बहादुर बिष्ट की १४ बर्षिया छोरी अरुणा बिष्ट एकाएक सम्पर्क बिहिन भयकि छिन । आफन्तका अनुसार २९ डिसेम्बर २०२४ आइतबार बेलुकि ४ बजे देखि सम्पर्क बिहिन भयकी हुन। आफन्तहरुले हैदराबाद को बिभिन्न ठाउमा खोजि कार्य गर्दा पनि आजसम्म अत्तोपतो नलागेकाले परिवार र आफन्तले खोजिकार्यमा सहयोग गरिदिन सम्पूर्ण भारतमा रहेका नेपालीहरु लाई आग्रह गरेका छन। सुशिल बिष्ट सम्पर्क न : 7899306485 बेंगलोर रतन बिष्ट सम्पर्क न : 7095975630 हैदराबाद...
बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
बझाङ- गयरातिनै बझाङको मष्टा गाउँपालिकामा पनि जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नम्बरको जीप दुर्घटना हुँदा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको थियोे । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ । जिप सडकमा अनियन्त्रित भइ सय मिटर तल खसेको थियोे यसैबीच यसअघि तलकोट गाउँपालिकामा बोलेर जिप दुर्घटना हुँदा एकै परिवारका ३ जना सहित ४ जनाको ज्यान गएको थियोे । दुर्घटनामा एकै परिवारका तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमकी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ब...
बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

बझाङमा जिप दुर्घटना, एकै परिवारका तीन सहित चार जनाको ज्यान गयो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भएको जिप दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरू सबैको परिचय पनि खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भैसकेको छ। मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, ६ वर्षीया छोरी आकृति धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो। जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएकोमा घाइते आकृतिलाई उपचारका ल...
सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प: देशभर जोखिमको संकेत

सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प: देशभर जोखिमको संकेत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालमा पछिल्लो समय लगातार भूकम्पका झट्काहरूले जनजीवनमा त्रास सिर्जना गरेको छ। बिहीबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहीबार दिउँसो १ बजेर २ मिनेटमा आएको यस भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक जिल्लाको माझिटार क्षेत्र रहेको थियो। भूकम्पको झट्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। पछिल्लो समयका अन्य भूकम्पहरू नेपालमा पछिल्लो एक महिनाको अवधिमा धेरै स्थानहरूमा भूकम्प गएका छन्: पुस १६ गते: बैतडी केन्द्रबिन्दु, ४.६ म्याग्निच्युड पुस ११ गते: जाजरकोट केन्द्रबिन्दु, ४.२ म्याग्निच्युड पुस ९ गते: दार्चुला केन्द्रबिन्दु, ४ म्याग्निच्युड पुस ५ गते: बाजुरा केन्द्रबिन्दु, ५.२ म्याग्निच्युड पुस ३ गते: बझाङ केन्द्रबिन्दु, ४.१ म्याग्निच्युड लगातार भूकम्प गइरहेकाले स्थानीयहरू त्...
बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

बझाङको साइपालमा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ। धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ। “कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपन...
सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

सुदूरपश्चिममा प्रदेश निजामती सेवा नियमावली पारित

Breaking News 1, Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले तयार गरेको प्रदेश निजामती सेवा नियमावली पारित भएको छ। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले निजामती सेवा नियमावली पारित गरेको हो। प्रदेश निजामती सेवा नियमावली नबन्दा प्रदेश लोक सेवा आयोगले कर्मचारी छनोटका लागि विज्ञापन गर्न सकेको थिएन। नियमावली पारित भएसँगै विभिन्न तहको कर्मचारीको विज्ञापन, सरुवा र बढुवाको बाटो खुलेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज