स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन पेश, रवि लामिछानेसहित ४४ जना प्रतिवादी
कैलाली : काठमाण्डौको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
आरोपितहरूसँग सोधपुछ र बयान, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयलगायतको अध्ययन गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
अनुसन्धानबाट पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको छ । पछि थप खुलेमा पूरक अभियोजन लैजानेगरी प्रतिवेदन बुझाइएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनमा अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ । एक अर्ब १९ करोड ४९ लाख रुपै...












