कञ्चनपुरको महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव पाँच दिनपछि फेला परेको छ।
असोज २४ गते चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा डुङ्गा अनियन्त्रित भएपछि थारू नदीमा बेपत्ता भएका थिए। बुधवार भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।
नदीको बहाव कम भएपछि दुर्घटनास्थलबाट करिब ५० मिटर तल शव भेटिएको थियो। गोताखोर टोली र नेपाली सेनाले शव निकालेका हुन्।
बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।

