Advertisement

हाम्रो बारेमा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

Breaking News 1
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले सोधेको लिखित प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएकामध्ये मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई नेपाल सरकारको मन्त्रीसरह सेवासुविधा दिइएको छ। त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार गरी दुई जनाले राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ। मन्त्री तथा राज्यमन्त्रीसरह सेवासुविधा पाउने सचिवालयका सदस्यलाई प्रधानमन्त्री कार्यालयले गाडी र चालक सुविधासमेत उपलब्ध गराउने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवास...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड निवासी २० वर्षीय अन्नु कठरियालाई जबर्जस्ती करणीको आरोपमा शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकामाथि जबर्जस्ती करणी भएको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र गाँजाजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ। कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ५ सय रुपैयाँसहित २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो। यस्तै, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोटको रास्कोट नगरपालिका-४ घर भई हाल लम्कीचुहा नगरपालिका-३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्...
आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, स्वास्थ्य
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारले जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारका लागि आफूले दिएको समयसीमा पूरा नगरेको भन्दै सत्याग्रह घोषणा गरेका हुन्। डा. केसीले सरकारलाई आफ्ना माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिएका थिए। तर, उक्त समयसीमाभित्र माग सम्बोधन नभएको भन्दै उनले पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका हुन्। उनले सरकारसमक्ष विभिन्न ५ बुँदे माग अघि सारेका छन्। स्वार्थको द्वन्द्व हुने गरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी तथा स्वार्थपरक नियुक्ति तत्काल बदर गर्नुपर्ने उनको माग छ। साथै, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने उनले बताएका छन्। सरकारले चिकित्सा शिक्षा आयोगमा...
विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। नामिबियासँगको पहिलो खेलमा ८ विकेटले पराजित भएको नेपाल आजको खेल जित्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा छ। नेपाल हाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। समान २४ अंक भए पनि क्यानडाले ३२ खेल खेलेकाले नेपालभन्दा पछाडि छैटौँ स्थानमा छ। ३२ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ भने नामिबिया २४ अंकसहित सातौँ स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अंक छ। दोस्रो स्थानमा स्कटल्यान्डको ३८, चौथो स्थानमा ओमानको ३१ र आठौँ तथा अन्तिम स्थानमा रहेको यूएईको २४ खेलबाट १४ अंक छ। विश्वकप ल...
आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहेको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति हिमाली भू–भागका थोर...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागक...
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार बिहान ४ः४० बजे बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का कोटदेवलसहित बझाङका आसपासका क्षेत्रमा समेत महसुस गरिएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन।...
पत्रकारमाथि सामाजिक सञ्जालबाट चरित्रहत्या र भ्रम फैलाएको भन्दै महासंघको आपत्ति

पत्रकारमाथि सामाजिक सञ्जालबाट चरित्रहत्या र भ्रम फैलाएको भन्दै महासंघको आपत्ति

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- नेपाल पत्रकार महासंघ बझाङ शाखाले पत्रकारले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गरेकै आधारमा व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ बझाङ शाखाले प्रेस विज्ञप्ति जारी गर्दै साइपाल खबर डटकममा २०८३ असार ३१ गते प्रकाशित ‘शतारात १० लाखको भत्ता काण्ड’ शीर्षकको समाचार प्रकाशित भएपछि जयपृथ्वी नगरपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले उक्त अनलाइनका प्रकाशक तथा सम्पादक भवनबहादुर सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत व्यक्तिगत चरित्रहत्या, मानमर्दन तथा भ्रम सिर्जना गर्ने प्रकृतिका अभिव्यक्ति सार्वजनिक गरेको जनाएको छ। महासंघले प्रकाशित समाचारप्रति कुनै असहमति वा गुनासो भए त्यसको समाधानका लागि कानुनी तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्नेमा सामाजिक सञ्जालमार्फत पत्रकारमाथि व...
सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

सरकारलाई स्वास्थ्यकर्मी महासंघको कडा सन्देश: स्वास्थ्यमा कर होइन, राज्यको लगानी बढाऊ

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुदूरपश्चिम प्रदेश समितिले उपचार सेवामा लगाइएको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तत्काल पुनरावलोकन गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष महा ओमराज जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्य क्षेत्रमा लागू गरिएका कर तथा उपचार सेवामा लगाइएको अतिरिक्त शुल्कले सर्वसाधारण नागरिकमाथि आर्थिक भार थपिने भन्दै त्यसको पुनरावलोकन गर्न माग गरेका हुन्। महासंघले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उपचार सेवाको लागत बढाउने कुनै पनि नीति नागरिकमैत्री हुन नसक्ने जनाएको छ। ध्यानाकर्षण पत्रमा क्यान्सर, मिर्गौला, मुटु, मधुमेह तथा उच्च रक्तचापलगायत दीर्घरोगबाट पीडित बिरामीहरू नियमित उपचारमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज