Advertisement

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइँदैछ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका पहाडी जिल्लासहित तराईका विभिन्न क्षेत्रमा रहेका पहाडी समुदायमा चहलपहल बढेको छ। रोजगारी तथा अध्ययनका लागि बाहिर रहेका धेरै मानिस पर्व मनाउन गाउँ फर्किएपछि गाउँघरमा थप रौनक देखिएको छ।

गौराको सुरुवात भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाएर गर्ने परम्परा छ। महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौस लगायत पाँच प्रकारका अन्न मिसाएर बिरुडा भिजाउने गर्छन्। त्यसैले पञ्चमीलाई ‘बिरुडा पञ्चमी’का रूपमा समेत चिनिन्छ।

षष्ठीका दिन भिजाइएको बिरुडा धारा, पोखरी वा तलाउमा लगेर धुने तथा सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने चलन छ। विवाहित महिलाले यस अवसरमा दुवधागो धारण गर्ने तथा पूजा–आराधना गर्ने परम्परा रहेको छ।

अठवालीका दिन गौरा खलामा पार्वती र शिवको पूजा-आराधना गरिन्छ। दिनभर धार्मिक विधि पूरा गरेपछि साँझपख देउडा खेल्ने र गीतमार्फत सुख–दुःख साटासाट गर्ने परम्परा छ।

गौरा पर्वको अर्को महत्वपूर्ण पक्ष देउडा संस्कृति हो। देउडामा धार्मिक तथा पौराणिक कथा, देवीदेवताका गाथाका साथै समसामयिक सामाजिक विषयवस्तु प्रस्तुत गर्ने गरिन्छ। समाजमा रहेका विकृति, विसंगति र राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्दै देउडा खेल्ने परम्पराले सुदूरपश्चिमको मौलिक संस्कृतिलाई जीवन्त राखेको छ।

गौरा पर्व सुदूरपश्चिमको पहिचान र मौलिक संस्कृतिसँग जोडिएको प्रमुख पर्वका रूपमा लिइन्छ। नेपालका विभिन्न जिल्लासँगै भारतको उत्तराखण्ड क्षेत्रमा समेत स्थानीय परम्परा र मान्यताअनुसार गौरा मनाउने गरिन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज