Advertisement

हाम्रो बारेमा

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

दुर्गाथली गाउँपालिकामा वडा स्तरमा नागरिक गुनासो सम्बन्धी कार्यक्रम सम्पन्न

बझाङ, समाचार
बझाङ । दुर्गाथली गाउँपालिकामा वडा स्तरमै नागरिक गुनासोसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा गरिएको हो । पालिकाका वडा नं. १ देखि ७ सम्मका सबै विद्यालयहरूमा पुगेर आयोजित यस कार्यक्रमले विद्यार्थीहरूबाट विद्यालय तथा स्थानीय सेवा-सुविधासँग सम्बन्धित गुनासा, सुझाव र समस्याहरू संकलन गरेको छ । कार्यक्रममा विद्यार्थीहरूको मात्र सहभागिता रहेको थियो। उनीहरूले सिकाइ सामग्रीको उपलब्धता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, शिक्षकको व्यवस्थापन, स्वास्थ्य–स्वच्छता तथा विद्यालयस्तरमा देखिने अन्य चुनौतीबारे आफ्ना विचार प्रस्तुत गरे । आयोजक संस्थाहरूका प्रतिनिधिहरूका अनुसार विद्यार्थीहरूले राखेका गुनासा तथा सुझावहरूलाई पालिकासँग साझा गरिने र सम्भव हुने सुधारहरू...
प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा चुनावका लागि अहिलेसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार हिजो आठवटा राजनीतिक दल दर्ता भएका हुन् । अस्तिसम्म ५६ वटा राजनीतिक दल दर्ता भएकोमा हिजो थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा चुनावमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि भोलिसम्मको समयसीमा निर्धारण गरेको छ । आयोगमा कूल एक सय ३५ राजनीतिक दल दर्ता भएकोमा चुनाव प्रयोजनका लागि भोलिसम्म पुनःआवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ । रासस...
कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मंगलबार भीमदत्त नगरपालिका-१४ बनकट्टीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले घर भत्काउने क्रममा ४५ वर्षीया धना विष्टलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट गम्भीर घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमणबाट हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । प्रहरीले स्थानीयलाई वन्यजन्तुबाट सावधानी अपनाउन तथा जोखिम क्षेत्र नजिक रातको समयमा सतर्क रहन आग्रह गरेको छ ।...
एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।...
एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ ।  आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो ।  सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९  आभेर २ बलमा ९४ रनमा अलआउट भयो । कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ र हेमन्त धामीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । यो सँगै  सुदूरपश्चिमको लगातार तेस्रो खेलमा जित निकालेको  छ । लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको द...
जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो । विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए । यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । एनपीएलमा आजै दोस्रो...
एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

Breaking News 1, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ। जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ। टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो। उपाधि रक्षा अभियानमा रहे पनि जनकपुर...
 आज कोशी प्रदेशको एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

 आज कोशी प्रदेशको एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको पनि महाशाखाको भनाइ छ ।...
फागुन २१ मा हुनेप्रतिनिधिसभा चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

फागुन २१ मा हुनेप्रतिनिधिसभा चुनावमा भाग लिन ५६ पार्टीको निवेदन, २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिन ५६ वटा पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । चुनावमा सहभागी हुने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले पनि हिजो दल दर्ताका लागि निवेदन दिएको छ । निर्वाचन आयोगले दल दर्ताको लागि पर्सि १० गतेसम्म निवेदन दिन आग्रह गरेको छ । ११ गतेदेखि १८ गतेसम्म निवेदनमाथि छानबिन गर्ने र २० गते दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ । आयोगमा दर्ता रहेका दलमध्ये चुनावमा भाग लिने उद्देश्यले पुनः दल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । यसमध्ये १५ वटा नयाँ छन् । अझै २५ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेका आयोगले जनाएको छ ।...
सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ७ मा रहेको भुमिराज आधारभु विद्यालयका सेवानिवृत प्रधानाध्यापक देवदत्त जोशीको बिदाई गरिएको छ । ४० वर्ष लामो शिक्षण पेशाबाट मंसिर २ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास भएपछि जोशीको आइतबार एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो । बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवानिवृत प्रधानाध्यापक जोशीको विदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक भक्त अधिकारीले जानकारी दिए । २०२२ साल मंसिर २ गते साविक सुनकुडा गाविस ६, हालको बित्थडचिर गाउँपालिका ७ टुडिखाणमा बुबा हरिलाल जोशी तथा आमा नन्दा देवी जोशीको कोखबाट जन्मिनु भएका जोशी २०४२ सालदेखि शिक्षण पेसामा अवद्ध भए । एसएलसी पास गरि सुनकुडा माध्यामिक विद्यालयमा सट्टा शिक्षकको रुप...
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा |

चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा |

समाचार
काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघ (NMA) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। संघको आगामी कार्यकालका लागि हुन लागेको नयाँ नेतृत्व निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै डा. रावलले सामाजिक सञ्जालमार्फत केही समयपछि भिडियो सन्देश सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले चिकित्सा क्षेत्रमै हासिल गरेको अनुभव, सेवा तथा नेतृत्व क्षमताका आधारमा संघमा “सकारात्मक परिवर्तन” ल्याउने उद्देश्य रहेको बताए। “जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएका भए पनि—अतीतमा योगदान पुर्‍याएका र भविष्यमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु,” उनले भने। उनका अनुसार चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत सुधारका लागि एकल व्यक्तिको प्रयास पर्याप्त ...
देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

देउराबासीद्वारा इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका-१ देउराबासीले इलाका प्रशासन कार्यालय हुकुमी शैलीमा सारिएको भन्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । एकपटक इलाका प्रशासन कार्यालय देउरा भनेर परिपत्र आएको तर अहिले हुकुमी शैलीमा केदारस्यूँ गाउँपालिका-९ झोता सारिएको भन्दै गाउँपालिका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । आइतबार संयुक्तरूपमा देउराबासीले सरकारले कार्यालय स्थापना हुने सेवा क्षेत्रमा विवाद हुँदाहुँदै कुनैपनि छलफल तथा सहमति नगरि हुकुमी शैलीमा झोता तोकेको प्रति कडा आपत्ति जनाएका छन् । कार्यालय स्थानान्तरणको प्रक्रिया पूर्ण रूपमा एकल निर्णय, पक्षपातपूर्ण चलखेल र राजनीतिक स्वार्थका आधारमा गरिएको आरोप उनीहरूले लगाएका छन्। यहीँ ३ गते  इलाका प्रशासन कार्यालय झोतामा स्थापनाको लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । त्यस्तै आजै उनीहरूले जिल्ला प्रशासन कार्यालयलाई पनि ज्ञापनपत्र कार्यक्रम तय गरेका छन् । देउरा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज