Advertisement

हाम्रो बारेमा

नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

समाचार
धनगढी – नवनियुक्त तीन जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।  नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग मन्त्री पदको शपथ लिएका छन् । तीनै जनाको मन्त्रालय भने तोकिएको छैन । विशेष गरेर गृह मन्त्रालयमा एमाले र रास्वपा दुवैको दाबी रहेको छ । यस्तै एमाले र माओवादीबीच केन्द्रदेखि प्रदेशसम्मका सरकारमा सहकार्य गरेर जाने सहमति भएको छ ।  अब केन्द्रसँगै विभिन्न प्रदेशमा पनि सरकार फेरिने सम्भावना बढेको छ । केन्द्रमा भने आधा–आधा समय सरकारको नेतृत्व गर्ने एमाले र माओवादीले सहमति गरेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । माओवादीले नेपाली कांग्रेससँगको गठबन्धन नगर्ने निधो गरेपछि अहिलेको गठबन...
बझाङको तलकोटमा पाच सैया अस्पतालकाे  शिलान्यास

बझाङको तलकोटमा पाच सैया अस्पतालकाे शिलान्यास

बझाङ
बझाङ जिल्लाकाे तलकाेटमा पाँच सैया अस्पतालकाे शिलान्यास भएको छ । आज एक कार्यक्रमका विच गाउँपालीकाकाे मेलबिसाैनामा शिलान्यास भएको हाे । स्थानीय सरकार सञ्चालन पछि जनताको सरकारकाे सहानुभूति दिलाउन जनप्रतिनिधि लागिपरेको छन । मेलबिसाैनामा तलकाेट गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीलेभवनको शिलान्यास गर्नु भएको हाे । उपाध्यक्ष भण्डारीले भने,स्वास्थ्य अवस्था लाई मध्यनजर गरि अस्पताल निर्माण हुनलागेको र सबैलाई सहज हुने बताउनु भयाे । उपाध्यक्ष भण्डारीले चाडैं अस्पताल निर्माण हुने र सजिलै सेवा पाउने बताउनु भयाे । कार्यक्रममा सराेकारवालाकाे उल्लेख्य उपस्थिति रहेको थियाे ।...

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

समाचार
काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ ।  बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।  उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।...

भत्कियो सत्ता गठबन्धन

समाचार
काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ । नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।...

धनगढीमा भएको “आरम्भ ल फेस्ट” सम्पन्न

समाचार
धनगढी - गत विहिबारदेखि धनगढीमा सञ्चालन भएको “आरम्भ ल फेस्ट” सम्पन्न भएको छ । कानुनी शिक्षा अभिवृद्धि गर्ने उद्धेश्यले आरम्भ कानुनी शिक्षा केन्द्र धनगढी र नयाँ युवा नयाँ सोच सेवा समाज नेपालको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिमको प्रवद्र्धन र ड्रिमलिङ्क एजुकेशन धनगढी शाखाको मुख्य प्रायोजनमा माध्यमिक तहमा कानुन विषय अध्ययनरत विद्यार्थीहरुबिच विभिन्न पाँचवटा विधाहरु, पहिलो दिन कानुनी कविता र कानुनी मस्यौदा लेखन, दोस्रो दिन कानुनी हाजिरीजवाफ र सिर्जनात्मक लेखन तथा तेस्रो र चौथो दिन संसदिय वहस प्रतियोगिता आयोजना गरिएको हो । जसमा हाजिरीजवाफ, सिर्जनात्मक लेखन र संसदिय वहसमा प्रथम स्थान हाँसिल गर्दैै ६० अंक सहित एक्सिस विद्याश्रमले उपाधि हात पारेको छ । त्यसैगरी कानुनी कविता र कानुनी मस्यौदा लेखनमा प्रथम स्थान हाँसिल गर्दै ४५ अंक सहित सुदूरपश्चिमाञ्चल एकेडेमी (एस.पि.ए...

भारत घुम्न गएका एक नेपाली तीर्थयात्रीको मृत्यु

समाचार
धनगढी - भारतका विभिन्न तीर्थस्थल पुगी फर्कने क्रममा बाराका एक तीर्थयात्रीको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले मृत्यु हुनेमा महागढीमाई नगरपालिका-६ लक्षुमनवा टोलका ७५ वर्षे गणेशप्रसाद कुशवाहा रहेको जानकारी दिए ।   करिब एक सय जनाको समूहसहित कुशवाह २५ दिनअघि धार्मिक यात्रामा निस्किएको थिए । भारतका विभिन्न तीर्थस्थल पुगी भारतको आदापुरबाट पैदल फर्किने क्रममा उनी कलैया उपमहानगरपालिका-१२ स्थित नेरा आधारभूत विद्यालयमा विश्राम गरेका थिए । उनी हिजो खाना खाएर सुतेको र आज बिहान नित्यकर्म तथा पूजापाठ गरिसकेपछि बिरामी परेका थियो र उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । उनको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

नेपालले आयरल्यान्ड ‘ए’ टिमसँग आठ खेल खेल्ने

समाचार
धनगढी - नेपाल राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग आठ खेल खेल्ने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ टोली नेपाल भ्रमणमा आउने र आठ खेल हुने जनाएको छ। नेपालको सिनियर टोली र ‘ए’ टिमले आठ खेल खेल्नेछन्।  आइसिसी वरीयताको टेस्टतर्फ आयरल्यान्ड १२औँ स्थानमा छ। एकदिवसीयतर्फ १३औँ स्थानमा छ। नेपाल भने एकदिवसीयतर्फ १५औँ स्थानमा छ।  क्यानका अनुसार नेपालको सिनियर टोलीले पहिलो दुई खेल टी–२० फर्म्याटमा खेल्नेछ। खेल ११ र १२ चैतमा हुनेछ।  दुई दिनको विश्रामपछि नेपालको ‘ए’ टिमले तीन टी–२० खेल खेल्नेछन्। चैत १५, १६ र १७ गते लगातार हुनेछ।  यस्तै, नेपालको ‘ए’ टिमले २१ चैतदेखि ६ दिनको बीचमा तीन एकदिवसीय खेल खेल्ने तालिका छ। खेल २१, २३ र २५ चैतमा हुनेछन्। क्यानले कुन मैदानमा खेलाउने भनेर निर्णय गरेको छैन।...

देशका अधिकांश स्थानमा वर्षा, सोमबारदेखि मौसममा सुधार हुने 

समाचार
धनगढी - आज देशभर प्रिमनसुन वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो । महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ । “मार्च १ तारिखदेखि नै प्रिमनसुन सुरु भइसकेकाले यो प्रिमनसुन वर्षा हो । आज प्रिमनसुन गतिविधि पनि देखियो, चट्याङसहित वर्षा भएको छ ।” प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ । मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन महिना मानिन्छ। नेपालमा सामान्यतयाः मनसुन भित्रिने समय जुन १० तारिख भए पनि कुनै वर्ष केही दिन ढिलो वा चाँडो मनसुन भित्रिने गरेको मौसमविद्को भनाइ छ। अघिल्लो वर्ष जुन १४ तारिखमा नेपालमा मनसुन भित्रिएको थियो। महाशाखाका...

संरक्षणको प्रतीक्षामा कञ्चनपुरको पुरैनी ताल

समाचार
कञ्चनपुर - बेलौरी नगरपालिका( ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्।  ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ। ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन्।  तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ। चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्त्व राख्दछ। ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ। ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन्।  कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताए। ‘तालमा धेरै चराका प...

सुदूरपश्चिमसहित तीन विश्वविद्यालय उपकुलपतिविहीन

समाचार
धनगढी - तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् ।  यसअघि नियुक्त भएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् ।  कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहेका छन् । उनिहरूलाई चार वर्षअघि तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले २०७६ साल फागुन १९ गते उपकुलपति नियुक्त गरेका थिए ।  यी विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गर्न शिक्षा मन्त्रालयले प्रक्रिया आरम्भ गरे पनि हाललाई स्थगित भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस समिति गठन गरेर माघको अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका ला...
सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

कैलाली, मुख्य समाचार, सूचना प्रविधि
कैलाली : कैलालीको धनगढीमा कामना टेलिभिजनको कार्यालय उद्घाटन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीद्वारा एक ओैपचारिक कार्यक्रमका बिच डिजिटल अनलाइन टेलिभिजनको उद्घाटन गरिएको हो । विगत एक वर्ष देखि "सधैं सत्यसँग नजिक रहेर" भन्ने मुल भनाइका साथ सञ्चालित डिजिटल अनलाइन टेलिभिजनको शनिबार भव्य कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका - २ सन्तोषी टोलमा कार्यालय उद्घाटन गरिएको सञ्चालक बचनराज जोशीले बताउनुभयो । कैलालीमा प्रादेशिक कार्यालय रहको अनलाइन टेलिभिजनको केही समयमै बझाङमा समेत सम्पर्क कार्यालय राखिने सञ्चालक जोशीले बताउनुभयो । आफुले टेलिभिजन स्थापनाकाल देखि नै पत्रकारीताको आचारसंहिता पालना गरेर हरेक विषयमा खबरदारी गरिरहेको बताउदै आगामी दिनहरूमा पनि विशेषतः भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा ब‍ोल्दै उद्घाटन समारोहका प्रमुख अतिथि ...

धनगढी-३ मा सिकलसेल सम्बन्धी स्वास्थ्य शिविर आयोजना 

समाचार
धनगढी - धनगढीको वडा नम्बर ३ मा सिकल सेल सम्बन्धी स्वास्थ्य शिविर गरिएको छ । नेपाल काङ्ग्रेस धनगढी वडा नम्बर ३ को आयोजनामा आज शनिबार उक्त शिविर आयोजना गरिएको हो । माया मेट्रो हस्पिटलको सहकार्यमा गरिएको उक्त कार्यक्रममा १६९ जनाले सेवा लिएको नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापति गजेन्द्र सिंहले बताएका छन् । नेपाली काङ्ग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस धनगढी वडा नम्बर ३ का सभापती गजेन्द्र सिंहको अध्यक्षता रहेकोे थियो । यस्तै, नेपाल विद्यार्थी संघका कैलाली जिल्ला अध्यक्ष मनिष कुंवरको विशिष्ट आतिथ्यता रहेको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज