Advertisement

बझाङ प्रदेश सभा उपनिर्वाचन : काँग्रेसले गर्‍यो १० जना उम्मेदवार सिफारिस

Advertisement

बझाङ : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि हुने उपनिर्वाचनमा नेपाली काँग्रेसले पनि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको हो ।

केन्द्रीय समितिको परिपत्र अनुसार तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि बझाङ जिल्ला समितिको बैठकले भने १० जनाको नाम सिफारिस गरेको हो ।

पार्टीको मर्यादाक्रम अनुसार सिफारिस हुनेमा सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, जगत प्रसाद जोशी, अभिषेक बहादुर सिंह, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, बिष्णु कुमार सिंह (जगत), लोकेन्द्र बहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । पार्टी कार्यालय बझाङमा आकांक्षीहरू बीच सहमति जुटाउने उद्देश्यले बैठक राखिए पनि कसैले आवेदन फिर्ता लिन मानेनन् । सहमतिको प्रयास विफल भएपछि सबै जनाको नाम केन्द्रीय समिति र प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव झलक कठायतले जानकारी दिए । समयको माग र पार्टिमा गरेको योगदानका आधारमा जिल्ला समितिले सबैको नाम पठाएको नेता कार्यकर्ताहरूको भनाई छ ।

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं १, बाट निर्वाचित नेपाली काग्रेसका पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा निधन भए पछि यहाँ उपनिर्वाचन हुन लागेको छ । सुदूरपश्चिम सरकारको आन्तरिक मामिलामन्त्री भएको बेला गृहजिल्ला आउँदै गर्दा उनी सवार गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको थियो ।

यसैबिच नेकपा एमालेले उपनिर्वाचनको लागि यस अघि नै तीन जना उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । जिल्लाबाट दमन भण्डारी, जुना जाग्री र राधा विस्टको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको एमाले बझाङले जनाएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने बझाङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज