Advertisement

अछामको चौरपाटीमा एनटीसीको फोर जी सेवा सञ्चालनमा

Advertisement

अछाम – चौरपाटी गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर १ स्थित गाँजचौर डाँडामा टावर निर्माणपछि बुधबारबाट फोर जी सेवा सञ्चालनमा आएको हो ।

विगत लामो समयदेखि इन्टरनेट पहुँच भन्दा बाहिर रहेका नागरिकहरू अब सजिलैसँग इन्टरनेट सेवा लिन पाउने भएका छन् । गाँजचौर डाँडामा टावर निर्माण भएको झण्डै एक वर्षपछि सेवा सञ्चालनमा आएको हो । सो डाँडामा टावर निर्माण भए पनि बिजुलीका कारण सेवा सञ्चालनमा समस्या भएको थियो ।

तर गाउँपालिकाले विद्युतको व्यवस्था गरेपछि बुधबारबाट नागरिकहरूले फोर जीको सेवा पाएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले बताए । अध्यक्ष साउँदले लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताए ।

यसअघि चौरपाटी गाउँपालिका कै केन्द्रमा पनि इन्टरनेटले राम्रोसँग काम गर्दैन थियो । अब भने पालिकाको केन्द्रसहित आसपासका वडाहरुमा सो इन्टरनेटले काम गर्ने उनले बताए । फोर जी सेवा सञ्चालनमा आए पनि अहिले पनि गाउँपालिकाका केही भूभागमा अग्ला डाँडाको कारण इन्टरनेट सेवाको पुग्न सकेको छैन ।

सबै ठाउँका नागरिकलाई इन्टरनेट सेवाको पहुँचमा जोड्न क्षमता पनि बढाइने उनको भनाई छ । टेलिकमबाट खटिएको प्राविधिक टोलीले गाउँपालिकाको केन्द्र नजिकको डाँडामा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको बताइएको छ ।

योसँगै गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदको चुनावी बाचा पनि पूरा भएको छ । उनले चुनावी घोषणा पत्रमा पनि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा ल्याउने बाचा गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज