Advertisement

हाम्रो बारेमा

१७ मन्त्रीको मन्त्रालय तोकियो [सूचीसहित]

समाचार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले आज १४ जनाले शपथ लिनेछन् । मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ । एमाले रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला हरि उप्रेती, रक्षा भगवती चौधरी, महिला बालबालिका राजेन्द्र राई, खानेपानी दामोदर भण्डारी, उद्योग ज्वालाकुमारी साह, कृषि बलराम अधिकारी, भूमि व्यवस्था माओवादी नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र वर्षमान पुन, अर्थ शक्ति बस्नेत, उर्जा रेखा शर्मा, सञ्चार हितबहादुर तामाङ, पर्यटन रास्वपा रवि लामिछाने, उपप्रधान तथा गृह डीपी अर्याल, श्रम विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद सुमना श्रेष्ठ, शिक्षा...

एकीकृत समाजवादी सरकारमा सहभागी हुने

समाचार
धनगढी - नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ । खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’...

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

समाचार
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।...
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो

मुख्य समाचार, समाचार
धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ६ पुरुष र एक महिला गरी सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको उनले बताए। ‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ’, प्रहरी उपरीक्षक केसीले भने। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन्।  कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको  बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट बुधबार बिहान त्रिशूली नदीमा खसेको थियो।  बसचालक रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा ...
प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

प्रदेश प्रहरीमा याेग शिविर सञ्चालन

मुख्य समाचार, सुदूरपश्चिम
धनगढी : प्रदेश प्रहरी कार्यालयमा याेग शिविर सञ्चालन भएको छ । सेवा नै धर्म हाे भन्ने मुल नाराका साथ आज प्रदेश प्रहरी कार्यालय धनगढीमा याेग शिविर सञ्चालन भएको हाे । सुदुरपश्चिम प्रदेशकाे प्रदेश प्रहरी कार्यालयमा रहेको सभाहलमा सबै प्रहरीहरुलाई स्वास्थ्यका लागि याेग शिविर सञ्चालन गरिएकाे नेपाल प्रहरी श्रीमती सँघ सुदुरपश्चिमले जनाएको छ । आज सञ्चालन भएको कार्यक्रममा पतञ्जली याेगका केन्द्रीय प्रभारी लवदेव मिश्र ब्रमाकुमारी र सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिआईजी रविन्द्र केशीले दिप प्रजलन बाट उद्घघाटन गर्नु भएको थियाे । प्रदेश प्रहरीकाे सभाहलमा याेग शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशी सुदुरपश्चिम प्रदेशका एसएसपी दिल्लीराज बिष्ट लगायत सम्पुर्ण प्रहरी युनिट उपस्थिति रहेकाे थियाे । शिविरमा याेग सम्वन्धि सहायक प्रमुख जिल्ला अधिकारी र केन्द्रीय लवदेव ब्रमाकुमारील...

त्रिशूलीमा बस खस्दा पाँच जनाको मृत्यु

समाचार
धनगढी - धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।  दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।...

कोशी प्रदेश टी २० : कोशी र सुदूरपश्चिमको जित

समाचार
विराटनगर - विराटनगरमा सुरू भएको कोशी प्रदेश नेशनल टी २० च्याम्पियनसिपमा घरेलु टोली र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । मंगबार बैजनाथपूरको गिरिजाप्रसाद कोइराला रङशालामा सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सुखद सुरूआत गरेको हो । पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ७२ रनको योगफल तयार पारेको थियो । सुदूरका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी, ओपनर खडक बोहराले ४१ रन बनाए। गण्डकीका लागि अमृत गुरूङ र सन्दिप क्षेत्रीले समान एक विकेट लिए । लक्ष्य पछ्याएको गण्डकीको टोली १७ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटियो । उद्घाटन खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्याे । टस जितेर ब्य...

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

समाचार
धनगढी - एलन मस्कले नौ महिनापछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् ।  सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएर मस्कको सम्पत्ति घट्दा उनलाई पछि पारेर जेफ बेजोस धनाढ्य व्यक्ति बनेका हुन् । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ । जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ । यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेकाे छ भने टेस्लाको शेयर घटिरहेकाे छ । कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो ।  मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति...

मुख्यमन्त्री शाहले गरे माओवादीका सबै मन्त्री बर्खास्त

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।  केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि काँग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्। शाहले उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गितादेवी माललाई मंगलबार बर्खास्त गरेका हुन्।  तर शाहले नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने कायम राखेका छन्। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्...

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

समाचार
धनगढी - नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ । ‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने,  ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’ मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ ।  बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ...

केन्द्रको गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारमा उथलपुथल

समाचार
धनगढी - पुरानो गठबन्धन भत्केर केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा उथलपुथल भएको छ ।  माओवादीले नयाँ गठबन्धन बनाएपछि सरकार फेरबदल हुने सम्भावना बढेको छ । केन्द्रमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीको नयाँ गठबन्धन बनेको छ ।  नयाँ गठबन्धनका कारण मुख्यमन्त्री कमलबहादुर शाह अप्ठ्यारोमा परेका छन् । तत्कालीन मुख्यमन्त्री नेकपा (एमाले) का राजेन्द्रसिंह रावलले बहुमत जुटाउन नसकेपछि प्रदेशमा ठुलो दलको नेताका हैसियतले नेपाली कांग्रेसका शाह मुख्यमन्त्री भएका थिए । उनको नेतृत्वको सरकारमा माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) समावेश छन् । शाहले गतवर्ष माघ २६ गते मन्त्रीमण्डल गठन गरेका थिए । केन्द्रमा नयाँ गठबन्धन बनिसकेकाले प्रदेशमा पनि त्यो गठबन्धन लागू हुने नेकपा (माओवादी केन्द्र) को दलका ...

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

समाचार
काठमाडौं - नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने’ सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’ साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ । एमाले महासचिव शंकर पोखरेलले सुशासन र डेलिभरीलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने र नयाँ आशा जगाउने उद्देश...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज